
बिहिवार , जेठ १०, २०८१
जनकपुर, १० जेठ ।
नेपाली कांग्रेसका पूर्व उपसभापति तथा पूर्व गृहमन्त्री विमलेन्द्र निधिले कैलाश सिरोहियामाथि लगाइएको आरोप निराधार भएको बताएका छन् । बिहीबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै निधिले सिरोहियाको गिरफ्तारी प्रतिशोधपूर्ण रहेको र उनीमाथि लगाएको आरोप निराधार भएको बताए ।
सरकारले तत्काल सिरोहियालाई रिहाइ गर्न उनले माग गरे । गृहमन्त्रीको दुईवटा नागरिकता रहदा एउटा बदर गर्ने निर्णय गरेको भन्दै उनले अहिले सिरोहियामाथि सोही आरोप लगाइनु गलत भएको धारणा राखे । उनले प्रशासनको कमजोरीका कारण नागरिकताको व्यहोरा फरक रहन गएको भन्दै कुनै हालतमा किर्ते नभएको दावी गरे ।
सहकारी प्रकरणमा छानबीन समिति बनाउन कांग्रेसले माग गरेको अवस्थामा राज्यले नै रवि लामिछानेलाई निर्दोष सावित गर्न खोजेको उनले बताए । निधिले सरकार राज्यलाई कब्जा गर्ने नीतिका साथ अघि बढेको भन्दै शान्तिपूर्ण रुपमा आन्दोलनका कार्यक्रमलाई अघि बढाउने जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij