
बिहिवार , जेठ १०, २०८१
भैरहवा, १० जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोख बहादुर महराले शान्तिदूत गौतमबुद्धका शान्तिका सन्देश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन् ।
मुख्यमन्त्री महराले बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनलाई आत्मसात गर्न सकेमा धार्मिक, सामाजिक तथा साँस्कृतिक विविधता बिच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने बताए । उनले बुद्धका सन्देशले विश्व शान्तिका लागि मद्ध्त पुग्ने विश्वास समेत व्यक्त गरे ।
बौद्ध दर्शनका प्रवर्तक तथा विश्व शान्तिका अग्रदुत गौतमबुद्धको २५६८ औं जन्मजयन्तीको अवसरमा लुम्बिनीमा आयोजित समारोहमा बोल्दै उनले लुम्बिनीको बिकासका लागि केन्द्र र प्रदेश सरकारले मिलेर काम गर्नु पर्ने बताए ।
मुख्यमन्त्री महराले एसियाका ज्योतिको रूपमा परिचित विश्व शान्तिका अग्रदत गौतम बुद्धको जन्मभूमि लुम्बिनी प्रदेश हुनु लुम्बिनी प्रदेशबासीका लागि स–गौरवको विषय भएको बताए । उनले विश्वभरका बौद्ध धर्मावलम्बीहरूका लागि आकर्षणको केन्द्र भइ पर्यटकको आवागमन बढे पनि पर्यटकको बसाई लम्ब्याउन नसक्दा लुम्बिनीको बिकास उल्लेख्य हुन नसकेको प्रति चिन्ता व्यक्त गरे ।
मुख्यमन्त्री महराले गौतमबुद्धको जन्मजयन्ती एउटा उत्सवको रुपमा लूम्बिनी प्रदेशमा मनाउन उत्प्रेरित गर्दै समुद्ध लुम्बिनी प्रदेश बनाउनका लागि सबैको सहयोग आवश्यक रहेको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij