
बिहिवार , जेठ १०, २०८१
भैरहवा, १० जेठ ।
माण्डब्य सेवा समाज सिद्धार्थनगर, रुपन्देहीको १९ औं वार्षिक साधारण सभा तथा नवौ अधिवेशनले लक्ष्मण ज्ञवालीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा अनिल कुमार ज्ञवाली, महासचिवमा विरेन्द्र ज्ञवाली, कोषाध्यक्षमा शारदा ज्ञवाली र सह–सचिवमा पोम नारायण ज्ञवाली रहेका छन् । त्यस्तै सदस्यहरुमा अनिल ज्ञवाली, लक्ष्मी पोखरेल ज्ञवाली, सरस्वती ज्ञवाली, हरिप्रसाद ज्ञवाली, सुरज ज्ञवाली र धनप्रसाद ज्ञवाली रहेका छन् ।
समाजका पूर्वअध्यक्ष कुलानन्द ज्ञवालीको संयोजकत्वमा गठित निर्वाचन समितिले आगामी दुई वर्षका लागि सर्वसम्मत रुपमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुको नाम घोषणा गरेको हो ।
साधारण सभाले निवर्तमान अध्यक्ष केशवराज ज्ञवालीले पेश गरेको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष छवि ज्ञवालीले पेश गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ । कार्यक्रममा पूर्वअध्यक्ष कुलानन्द ज्ञवाली, आजीवन सदस्यहरु देव प्रसाद ज्ञवाली र चेतनारायण ज्ञवालीको योगदानको उच्च मुल्यांकन गर्दै सम्मान गरिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij