
सोमवार , फाल्गुण १०, २०७७
भैरहवा, १० फागुन ।
लायन्स क्लब अफ सिद्धार्थनगर लोटसले सिद्धार्थनगर–९ गोनहियास्थित विन्ध्यवासिनी मिसुजु आधारभूत विद्यालयमा पानी टंयाकी हस्तान्तरण गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाई पानी टंयाकी हस्तान्तरण गरिएको कार्यक्रम संयोजक उषा पौडेल घिमिरेले बताइन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि विद्यालयका प्रधानाध्यापक चर्तुभुज रेग्मीले क्लबले उदाहरणीय कार्य गरेको बताए । कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल ३२५ बी टु नेपालका स्ट्राटाजिक चिफ धर्मराज श्रेष्ठ, स्ट्राटाजिक चिफ नवराज न्यौपाने, लायन्स सिद्धार्थनगर लोटसका अर्गनाइजर तथा डिष्ट्रिक डिर्पाटमेन्ट चिफ रुपमा हिराचन, लायन्स सिद्धार्थनगर लोटसका अध्यक्ष तथा जोज चेयरपर्सन अनिता थापा, लायन्स क्लब अफ डाइनामिक टिचर्स अध्यक्ष बिना पाठक लगायतले बोलेका थिए । क्लबका अध्यक्ष दुर्गा आचार्यको अध्यक्षता तथा सचिव पार्वती अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
त्यस्तै शनिबार भैरहवामा भएको लायन्स डिष्ट्रिक इन्टरनेशनल ३२५ बी टु नेपालको तेस्रो डिष्ट्रिक क्याबिनेट मिटिङमा लायन्स क्लब अफ सिद्धार्थनगर लोटसले बेष्ट क्लब सर्भिसेज अवार्ड प्राप्त गरेको क्लबले जनाएको छ ।
त्यसै गरी कोष अभिवृद्धिका लागि क्लबले चिठ्ठा कार्यक्रम सम्पन्न गरेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij