
बिहिवार , जेठ १०, २०८१
भैरहवा, १० जेठ ।
अमिताभ बुद्ध बौद्ध विहार मायादेवी गाउँपालिका–८, रुपन्देहीले बुद्ध जन्मस्थल लुम्बिनीमा पानी तथा मिठाइ वितरण गरेको छ । २५६८ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस–२०८१ को अवसरमा बिहीबार चिसो पानी तथा मिठाइ वितरण गरिएको विहारका अध्यक्ष अनिल कुमार के.सी.ले बताए ।
सिद्धार्थनगर नगरपालिका–६ का वडा सदस्य समेत रहेका के.सी.ले भने, ‘शान्ति दीप नजिकै करिब ३ हजार जनालाई पानी तथा मिठाइ वितरण गरिएको छ ।’ आगामी दिनमा पनि यो कार्यक्रमलाई निरन्तरता दिदै जाने उनले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij