२०८३, आश्विन १० गते

Sep 26 2026 | २०८३, आश्विन १० गते

संविधान र कानून भन्दा माथि कोही हुँदैन : मन्त्री शर्मा

बिहिवार , जेठ १०, २०८१

  • 916
    Shares
  • 916
    Shares
  • काठमाडौं, १० जेठ ।
    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गणतन्त्रमा गल्ती गर्ने कसैलाई पनि छुट नहुने जबरजस्त भाष्य स्थापित गर्न सफल भएको बताएकी छन् ।

    गणतन्त्र दिवस–२०८१ का उपलक्ष्यमा राष्ट्रिय समाचार समिति (रासस)द्वारा बिहीबार काठमाडौंमा आयोजित तस्बिर प्रदर्शनीको उद्घाटन गर्दै शर्माले निकै मेहनत गरेर प्राप्त गरेको गणतन्त्रलाइ सुदृढ बनाउदै सुशासन कायमका साथै गल्ती गर्ने कसैलाई पनि छुट नहुने जबरजस्त भाष्य स्थापित गर्न सफल भएको बताइन् । अहिले संविधान र कानून भन्दा माथि कोही हुँदैन भन्ने पुष्टि हुँदै गएको उनले बताइन् । 

    मन्त्री शर्माले मुलुक विकासको बाटोमा तीव्र रुपमा अघि बढेको र जलविद्युतको क्षेत्रमा विक्री गर्ने अवस्थासम्म आइपुग्नु सामान्य कुरा नभएको धारणा राखिन् । उनले तीनै तहको सरकारको पहलका कारण देशभर सडक संरचनाको निर्माण विस्तार भएको बताइन् । यद्यपी मुलुकमा देखिएको राजनीतिक अस्थिरताका कारण सोचेजस्तो विकास कार्यलाई अघि बढाउन नसकिएको उनको भनाइ छ । 

    राससले गणतन्त्र दिवसका सन्दर्भमा ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ शीर्षकमा उक्त तस्बिर प्रदर्शनी आयोजना गरेको हो । सातवटै प्रदेशमा निर्माण भएका भौतिक पूर्वाधारसम्बन्धी ९० तस्बिर प्रदर्शनीमा समेटिएका छन् ।