
शुक्रवार , जेठ ११, २०८१
भैरहवा, ११ जेठ ।
लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीको छैठौं साधारणसभा तथा निर्वाचन कार्यक्रम शुक्रबार भैरहवामा सम्पन्न भएको छ । उक्त साधारणसभाले क्लबको वर्ष २०२४/०२५ को अध्यक्षमा कमल रायमाझीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । सञ्चार क्षेत्रमा क्रियाशील रायमाझी लुम्बिनी प्रेस क्लब रुपन्देहीका उपाध्यक्ष समेत हुन् । उनी लायन्स भैरहवा ग्रीन सिटीको संस्थापक सदस्य समेत हुन् ।
निर्वाचन अधिकृत श्री रायमाझीका अनुसार क्लबको प्रथम उपाध्यक्षमा संगिता जि.सी., द्वितीय उपाध्यक्षमा भानु पौडेल, तृतीय उपाध्यक्षमा संजय कुमार गुप्ता र सचिवमा हेमन्तराज जोशी चयन भएका छन् । त्यस्तै काेषाध्यक्षमा अमृता गुरुङ, सह–कोषाध्यक्षमा जे.पी. राय र सह–सचिवमा खेमराज पौडेल चयन भएको क्लबका वर्ष २०२३/०२४ का अध्यक्ष मनोज क्षेत्रीले जानकारी दिए ।
क्लबको संस्थापक अध्यक्ष शिवनाथ गुप्ता हुन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij