२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

जसपा नेपालको महाधिवेशनका लागि रुपन्देहीमा प्रतिनिधि छनौट

शुक्रवार , जेठ ११, २०८१

भैरहवा, ११ जेठ ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा) को प्रथम राष्ट्रिय महाधिवेशनका लागि रुपन्देही जिल्लामा प्रतिनिधि छनौट गरिएको छ । यही जेठ २८ देखि ३० गतेसम्म मधेश प्रदेशको जनकपुरधाममा हुने पार्टीको महाधिवेशनका लागि प्रतिनिधि छनौट गरिएको जसपा नेपाल रुपन्देहीका अध्यक्ष सियाराम यादवले बताए ।

‘रुपन्देहीबाट २० जना प्रतिनिधि छनौट हुनुभएको छ । थप ४ जना प्रतिनिधि जिल्ला जिल्ला समितिले मनोनित गरेर पठाउनेछ । सकेसम्म पार्टीको सम्पूर्ण भातृ संगठनलाई प्रतिनिधि छनौटमा प्राथमिकतामा राखेका छौं, ’अध्यक्ष यादवले भने ।

प्रतिनिधि छनौट गर्नका लागि रुपन्देही जिल्लाको निर्वाचन अधिकृत तथा जसपा रुपन्देहीका उपाध्यक्ष कलामुद्दीन खानको संयोजकत्वमा शुक्रबार भैरहवामा सर्वसम्मत प्रतिनिधि छनौट गरिएको हो ।

निर्वाचन क्षेत्र र संगठित सदस्य संख्याको आधारमा प्रतिनिधि छनौट गर्ने निर्णय गरिएको मतदान अधिकृत विकास यादवले बताए । जसपा रुपन्देहीका अनुसार रुपन्देही क्षेत्र नम्बर १ बाट कुमारी मधु सिंह, विद्या प्रसाद यादव र गौतम यादव छनौट भएका छन् ।

त्यस्तै क्षेत्र नम्बर २ बाट सावित्रा वि.क., विरेन्द्र कुमार यादव, इफ्तखार अहमद, ३ बाट महेन्द्र यादव, राहुल यादव, सियाराम यादव, सीमा कुमार वि.के. कौशल, गोविन्द यादव, जावेद आलम, नीतू शर्मा र अहमद हुसेन रहेका छन् ।

क्षेत्र नम्बर ४ बाट राम अवतार यादव, राजु हरिजन र रीता यादव तथा क्षेत्र नम्बर ५ बाट बछु केवट, इनामुल्लाह फकिर र विष्णु चौधरी छनौट भएका छन् । लुम्बिनी प्रदेश निर्वाचन संयोजक सुधाकर मिश्राको प्रमुख आतिथ्यतामा प्रतिनिधि छनौट कार्यक्रम सम्पन्न भएको थियो ।