
शनिवार , जेठ १२, २०८१
भैरहवा, १२ जेठ ।
रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरले जंक फूड, लागूऔषध दुव्र्यसनी र ट्राफिक नियम सम्बन्धी सचेतना कार्यक्रम गरेको छ । क्लबले शुक्रबार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१३ शान्तिनगरस्थित श्री सु–संस्कृत माध्यमिक विद्यालयमा उक्त कार्यक्रम गरेको क्लबका वर्ष २०२३/०२४ का अध्यक्ष नारायण प्रसाद भण्डारीले बताए ।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक वजिर सिंह विष्टले ट्राफिक नियम सम्बन्धि, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक कौशल न्यौपानेले लागूऔषध दुव्र्यसनी सम्बन्धि र आविष्कार पराजुलीले जंक फूड सम्बन्धि सहजीकरण गरेका थिए ।
क्लबका अध्यक्ष भण्डारीका अनुसार उक्त कार्यक्रममा करिब ४५० विद्यार्थीहरुको सहभागीता रहेको थियो । कार्यक्रम संयोजक विष्णु थापाको स्वागत तथा क्लबकी सचिव सरिता रानाको सञ्चालनमा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रविन्द्र यादव लगायतले भनाइ राखेका थिए ।
रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरले शिक्षा क्षेत्रको विकासका लागि विद्यालयमा विभिन्न सामग्री सहयोग, छात्रवृत्ति वितरण, सचेतनालगायत कार्यक्रम गर्दै आएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij