२०८२, फाल्गुण ३ गते

Feb 15 2026 | २०८२, फाल्गुण ३ गते

प्रधानमन्त्री प्रचण्डद्वारा संसद्को अवरोध अन्त्यका लागि कांग्रेससँग आग्रह

आइतवार , जेठ १३, २०८१

  • 688
    Shares
  • 688
    Shares
  • काठमाडौं, १३ जेठ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्को अवरोध अन्त्यका लागि कांग्रेसलाई आग्रह गरेका छन। 

    आइतबार बुढानिलकण्ठमा कांग्रेस सभापति शेर बहादुर देउवासंग छलफल गर्दै प्रधानमन्त्री प्रचण्डले संसद्को अवरोध अन्त्य गरि नीति तथा कार्यक्रम पारितका साथै बजेट ल्याउनका लागि सहज वातावरण बनाउन आग्रह गरेका छन। 

    प्रधानमन्त्री प्रचण्डले सभापति देउवासँग एक्ला एक्लै र अन्य नेताहरूसँग सामूहिक छलफल गर्नुभएको कांग्रेस सहमहामन्त्री जीवन परियारले जानकारी दिए । छलफल पछि आइतबार नै बुढानिलकण्ठमा बसेको कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले सहकारी प्रकरणमा कांग्रेसले किटान गरेको व्यक्तिको नाम नराखि छानविन हुन नसक्ने निष्कर्ष निकालेको परियारले बताए ।

    गोर्खा मिडिया नेटवर्कको नाम मात्र लिएरमात्रै नपुग्ने भन्दै उनले व्यक्तिको नाम उल्लेख गरेर नै छानविन समिति बनाउनुपर्ने जिकिर गरे । कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्रीको नाम उल्लेख गरेर नै संसदीय छानविन समिति बनाउनुपर्ने अडान राख्दै आएको छ ।