२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

नेपाली कांग्रेस सिद्धार्थनगरको बैठक सम्पन्न

आइतवार , जेठ १३, २०८१

भैरहवा, १३ जेठ ।
नेपाली कांग्रेस सिद्धार्थनगर नगर समिति, रुपन्देहीको नियमित बैठक आइतबार सम्पन्न भएको छ । कांग्रेस सिद्धार्थनगरका सभापति कोशिष बहादुर खड्काको सभापतित्व तथा पार्टीको क्षेत्र नम्बर ३ रुपन्देहीका क्षेत्रीय सभापति एवं युवा नेता सुशील गुरुङ्गको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको थियो । 

बैठकमा नेता गुरुङ्गले अहिले रुपन्देहीको अधिकांश वडाहरुमा कांग्रेसको भातृसंघ नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ गठन प्रक्रिया अघि बढेकोले आदिवासी जनजातिको हकहित, अधिकार, नेतृत्व स्थापित गर्नुका साथै पार्टी संगठनलाई विस्तार तथा मजबुत बनाउने दिशामा अघि बढेको धारणा राखे ।  

बैठकमा आदिवासी जनजाति महासंघको आगामी दिनमा हुन गइरहेको प्रदेश तथा केन्द्रिय महाधिवेशनका लागि सिद्धार्थनगरको प्रतिनिधित्व हुन गरी केन्द्रिय महाधिवेशन प्रतिनिधिको रुपमा दिपेन्द्रमान श्रेष्ठ, जितमान गुरुङ्ग तथा रुपमाया पुनलाई सिफारिस गर्ने निर्णय भएको नगर सभापति कोशिष बहादुर खड्काले बताए ।

बैठकमा कांग्रेसका महासमिति सदस्य तथा वडा नम्बर १३ का वडाअध्यक्ष सोम बहादुर गुरुङ्ग, प्रदेश ३ ‘क’ का सभापति सुरेन्द्रजंग थापा, महाधिवेशन प्रतिनिधि दिपेन्द्र बुढाप्रिति, प्रदेश ३ ‘क’ का प्रदेश सदस्य दिपेन्द्रमान श्रेष्ठ, वडा नम्बर ५ का वडा अध्यक्ष पुरन प्रसाद श्रेष्ठ, कांग्रेस सिद्धार्थनगरका उपसभापति देवराज न्यौपाने र किरण घिमिरे, सि.न.पा. वडा नम्बर १ का सभापति मोहन सिंह शाही, ३ का सभापति निल बहादुर थापा, ५ का सभापति केशव गुप्ता, ६ का सभापति राम बहादुर गुरुङ्ग, ७ का सभापति भविलाल पौडेल, ८ का सभापति टंक ज्ञवाली, ९ का सभापति श्याम सुन्दर खनाल,११ का सभापति केदारनाथ कुर्मी, १२ का सभापति हरिराज विष्ट, १३ का सभापति प्रकाश बहादुर सिंह खड्का लगायतको उपस्थिति रहेको थियो । 
कांग्रेस सिद्धार्थनगरका उपसभापति देवराज न्यौपानेको स्वागत तथा नगर सचिव अनिल कुमार के.सी.कोे सञ्चालनमा बैठक सम्पन्न भएको थियो ।