२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

काठमाडौंमा सहकारी पिडितहरुको विरोध र्‍याली

सोमवार , जेठ १४, २०८१

काठमाडौं, १४ जेठ । सहकारी पिडितहरुले काठमाडौंमा विरोध र्‍याली निकालेका छन् । आफुहरुको बचत फिर्ता गराउन राज्य गम्भीर नभएको भन्दै सहकारी पिडितहरुले सोमबार काठमाडौंको माइतिघर देखि बानेश्वरसम्म विरोध र्‍याली निकालेका हुन् ।

सहकारीमा आफुहरुले जम्मा गरेको निक्षेप फिर्ताको वातावरण बनाउनुपर्ने भन्दै सहकारी पिडितहरुले माइतिघरमा धर्ना दिदै आएका छन् ।

उनीहरुले सहकारी बचत अपचलनकर्तालाई कारवाही गर्दै बचतकर्ताको रकम फिर्ता गर्ने सहमति सरकारले गरेपनि कार्यान्वयन नभएको गुनासो गरेका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको अगुवाइमा सहकारी पिडितहरुले माइतिघरमा रिले अनशन समेत सुरु गरेका छन् ।