२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रोटरी लुम्बिनी सिद्धार्थनगरद्वारा टिभी, लाईब्रेरी र्‍याक र किताब हस्तान्तरण

सोमवार , जेठ १४, २०८१

भैरहवा, १४ जेठ ।
रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरले जिल्ला प्रहरी कार्यालय रुपन्देहीलाई ४० इन्चको एल.ई.डी टेलिभिजन हस्तान्तरण गरेको छ । क्लबले एक कार्यक्रमकाबीच कार्यालय प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) रंजित सिंह राठौरलाई टेलिभिजन हस्तान्तरण गरिएको क्लबका वर्ष २०२३/०२४ का अध्यक्ष नारायण प्रसाद भण्डारीले बताए । 

त्यस्तै क्लबले सशस्त्र प्रहरी बल, नेपाल नं. २७ गण हे.क्वा.रुपन्देहीमा बन्न लागेको पुस्तकालयका लागि क्याबिनेट र्‍याक तथा पुस्तक हस्तान्तरण गरेको क्लबकी सचिव सरिता रानाले बताइन् । क्याबिनेट र्‍याकतथा पुस्तक सशस्त्र प्रहरी उपरीक्षक (एसपी) आनन्द थापा मगरलाई हस्तान्तरण गरिएको उनले बताइन् ।

442436862_7819848558082690_3430642090376460565_n.jpg

क्लबका अध्यक्ष भण्डारीले भने, ‘क्लबले विभिन्न सामाजिक कार्य गर्दै आएको छ । हाम्रो सानो सहयोग स्वीकार गर्ने एसपी सरहरु र यो कार्यमा सहयोग गर्ने क्लबका पूर्वअध्यक्ष, पदाधिकारी र महावीर पुनको पुस्तक किनेर क्लबलाई प्रदान गर्ने पर्शुराम पराजुली सरलाई धन्यवाद दिन चाहन्छु ।’