२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

भैरहवामा ‘बृहत साँस्कृतिक साँझ तथा सडक खाना महोत्सव’ हुँदै

सोमवार , जेठ १४, २०८१

भैरहवा, १४ जेठ ।
ड्रिम क्रिएसन इभेन्ट मेनेजमेन्ट भैरहवा, रुपन्देहीको आयोजनामा मंगलबार (भोलि) ‘बृहत साँस्कृतिक साँझ तथा सडक खाना महोत्सव’ हुने भएको छ । गणतन्त्र दिवसको अवसरमा भैरहवास्थित मिलनचोक (शिव मन्दिर अगाडि) कार्यक्रम गर्न लागिएको ड्रिम क्रिएसन इभेन्ट मेनेजमेन्टका अध्यक्ष रवि कुमार जयसवालले खबरपात्रोलाई बताए । 

अध्यक्ष जयसवालका अनुसार कार्यक्रम साँझ ६ बजेदेखि सुरु हुनेछ । उनले कार्यक्रममा उपस्थितिका लागि सबैमा आग्रह गरेका छन् । कार्यक्रममा स्थानीय कलाकारको गायन, नृत्य र डिजे प्रस्तुति रहने उनले जानकारी दिए । उनले भने, ‘साँस्कृतिक साँझमा कलाकारहरु अमन गुरुङ, बसन्त एण्ड किरन, एएस डान्स एकेडेमी, महिमा क्षेत्री, मोनिका क्षेत्री, डीजे–एफआर३४के, मिक्स ब्याण्ड भैरहवा, भैरहवा ब्याण्ड, स्नेहा क्षेत्रीलगायतको प्रस्तुति रहनेछ ।’ कार्यक्रमको उद्घाटन संविधान सभा सदस्य तथा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले गर्नुहुने आयोजकले जनाएका छन् ।

dream.jpeg