२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

तातो हावा ‘लू’ सम्बन्धि सिद्वार्थनगरको घरधुरी सर्वेक्षणको समीक्षा बैठक

सोमवार , जेठ १४, २०८१

भैरहवा, १४ जेठ ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको अगुवाइ, अमेरिकन रेडक्रसको सहयोग तथा नेपाल रेडक्रस सोसाइटीको समन्वयमा सिद्वार्थनगरमा सञ्चालित तातो हावा ‘लू’ सम्बन्धि घरधुरी सर्वेक्षण कार्यको समीक्षा बैठक गरिएको छ ।

घरधुरी सर्वेक्षणमा खटिएका १७ जना स्वयंसेवकहरू कार्यसम्पादन तथा २०२३ डिसेम्बरदेखि हालसम्म सम्पन्न गतिविधिहरू र आगामी कार्यक्रमबारे स्वयंसेवकहरू र कार्यक्रम श्रोत व्यक्ति कृष्ण मल्लले नेपाल रेडक्रसका केन्द्रीय अध्यक्ष प्रा. सुदर्शन प्रसाद नेपाल लगायत अन्य जिल्ला कार्यसमितिका पदाधिकारी सदस्यलाई जानकारी दिए ।

रेडक्रस रूपन्देहीका सभापति दीपक क्षेत्री न्यौपानेको अध्यक्षता, सदस्य महेन्द्र कुमार श्रेष्ठ, सिद्वार्थनगर नगरपालिकाका विपद् श्रोत व्यक्ति यादव प्रसाद सापकोटाको उपस्थितिमा सम्पन्न कार्यक्रमको सञ्चालन कृष्ण मल्लले गरेका थिए ।

यो कार्यक्रमबाट नगरपालिकामा तातो हावासँग लड्ने क्षमताको अभिवृद्वि भएको र योजना निर्माणपछि कार्यान्वयनमा पनि रेडक्रसको साझेदारी निरन्तर रहनुपर्नेमा यादव प्रसाद सापकोटाले जोड दिए । रेडक्रसका केन्द्रीय अध्यक्ष प्रा. सुदर्शन प्रसाद नेपालले नेपालको सबै तराईका जिल्लाहरूमा तातो हावा कार्यक्रम विस्तार गर्ने योजना रहेको जानकारी दिए ।