
मंगलवार , जेठ १५, २०८१
भैरहवा, १५ जेठ ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका प्रवक्ता मुक्तिनाथ यादव (भोला) ले समाजसेवी, व्यवसायी तथा साहू-तेली कल्याण सेवा समिति, रुपन्देहीका अध्यक्ष रामवचन गुप्ताको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले गुप्ताको निधनले आफूहरुलाई मर्माहत र स्तब्ध बनाएको बताए ।
यादवले खबरपात्रोसँग भने, ‘सामाजिक व्यक्तित्व रामवचन गुप्ता निकै सहयोग भावनाको हुनुहुन्थ्यो । उहाँले गरीब तथा विपन्न परिवारलाई सहयोग गर्दै आउनुभएको थियो । उहाँको निधनले सिद्धार्थनगरलाई ठूलो क्षति पुगेको छ । ’
सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का युवा नेतासमेत रहेका यादवले एक असल अभिभावकलाई गुमाउँदा आफू निकै चिन्तित भएको बताए । उनले भने, ‘सरल स्वभावका धनी रामवचन गुप्ता सहयोग गर्ने कार्यमा कहिल्यै पनि पछाडि हट्नुभएन ।’ यस दुःखद घडीमा उहाँको आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौं । साथै शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दछौं ।’
रामवचन गुप्ताको सोमबार (हिजो) साँझ साढे ५ बजे उपचारको क्रममा भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसीएमएस) मा उपचारका क्रममा निधन भएको साहू-तेली कल्याण सेवा समिति, रुपन्देहीका कोषाध्यक्ष दुर्गा प्रकाश गुप्ताले बताए । कोषाध्यक्ष गुप्ताका अनुसार अध्यक्ष ७३ वर्षको उमेरमा निधन भएका रामवचन मृगौला, कलेजो लगायत समस्या भइ उपचाररत थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij