२०८३, आश्विन १० गते

Sep 26 2026 | २०८३, आश्विन १० गते

महिलालाई आर्थिक रूपमा सम्पन्न बनाउने उद्देश्यले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम ल्याइएको हो : मन्त्री चौधरी

बुधवार , जेठ १६, २०८१

  • 784
    Shares
  • 784
    Shares
  • काठमाडौं, १६ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगबती चौधरीले महिलालाई आर्थिक रूपमा सम्पन्न बनाउनुपर्छ भन्ने उद्देश्यले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम ल्याइएको बताएकी छन् ।

    महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बुधबार आयोजना गरेको छैटौँ राष्ट्रिय महिला अधिकार दिवसलाई सम्बोधन गर्दै मन्त्री चौधरीले आर्थिक रूपले महिलालाई सशक्तिकरण बनाउने उद्देश्यले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम ल्याइएको बताएकी हुन् । उनले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि सरकारले कम बजेट विनियोजन गरेको भन्दै असन्तुष्टि जनाइन् । बजेट निर्माण प्रक्रियामा आफू पटकपटक प्रधानमन्त्री तथा अर्थमन्त्रीसँग नियमित सम्पर्कमा रहेपनि बजेट आउँदा त्यसरी नआएको उनको गुनासो थियो ।

    उनले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमलाई सबै महिलाहरूको नाराका रूपमा अघि बढाउनुपर्ने बताइन् । सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि १० करोड रुपियाँको बजेट विनियोजन गरेको छ । मन्त्री चौधरीले समतामूलक समाज निर्माणका लागि महिला तथा बालबालिकाको विकास हुनुपर्ने भएपनि राज्यका तर्फबाट आफ्नो मन्त्रालयलाई निकै न्यून बजेट दिने गरिएको गुनासो गरिन् ।  यद्यमी महिला, बालबालिकाको क्षेत्रमा केही नहुनुभन्दा केही राम्रा कामहरू पनि भएको मन्त्री चौधरीले बताइन् । उनले महिलाहरू आर्थिक रूपले सशक्त नभईकन देश समृद्ध बन्न नसक्ने बताइन् ।

    मन्त्री चौधरीले महिला अधिकारलाई संस्थागत गरेको दिनको रूपमा जेठ १६ गतेलाई राष्ट्रिय महिला अधिकार दिवसको रुपमा मनाउने गरेको भन्दै दिवसले महिला अधिकारको सुनिश्चितता गर्दै लैङ्गिक समानता कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिन् । त्यस अवसरमा पाँच जना महिला उद्यमीहरूलाई जनही नगद एक लाख रुपैयाँसहित पुरस्कृत गरिएको थियो ।