
बुधवार , जेठ १६, २०८१
भैरहवा, १६ जेठ ।
राष्ट्रिय युवा संघ, नेपाल रुपन्देही क्षेत्र नम्बर ३ (क) र सिद्धार्थनगर कमिटीले दीप प्रज्जवलन गरेको छ । गणतन्त्र दिवसको अवसरमा मंगलबार साँझ भैरहवाको देवकोटाचोकमा दीप प्रज्जवलन गरिएको संघको क्षेत्र नम्बर ३ (क) का अध्यक्ष अमित कुमार सेन्चुरीले बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा (एमाले) सिद्धार्थनगर कमिटीका अध्यक्ष चक्र बहादुर थापाले गणतन्त्रले नेपाली जनतालाई अधिकार दिएको बताए ।
राष्ट्रिय युवा संघ सिद्धार्थनगरका अध्यक्ष प्रवीन आचार्यको संयोजकत्व तथा संघको क्षेत्र नम्बर ३ का सचिव गोपाल परियारको सञ्चालनमा भएको कार्यक्रममा जिल्ला सचिवालय सदस्य सम्झना के.सी., सिद्धार्थनगर उपाध्यक्ष मनिषराज पाण्डे, कोषाध्यक्ष सौरभ श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij