
बुधवार , जेठ १६, २०८१
तिलोत्तमा, १६ जेठ ।
रुपन्देहीकको तिलोत्तमास्थित भलवारी चोकमा नेपालको राष्ट्रिय झण्डा अनावरण तथा स्थापना गरिएको छ । लियो क्लब अफ तिलोत्तमा भलवारी सिटी र लायन्स क्लब अफ भलवारी सिटीको संयुक्त आयोजना तथा त्तिलोतमा नगरपालिका वडा नम्बर ७ र शाइन रेसुङगा डेभलपमेन्ट बैँकको सहयोगमा तिलोत्तमा–७ स्थित भलवारी चोकमा झण्डा अनावरण गरिएको हो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडाअध्यक्ष देवी प्रसाद पंगेनीले गणतन्त्र दिवसको अवसरमा आयोजना गरिएको झण्डा अनावरण कार्यक्रम सराहनीय रहेको बताए ।
विशिष्ट अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपालका गभर्नर अर्जुनमान सैजुले लायन्स र लियो क्लबले सामाजिक कार्यहरु गर्दै आएको बताए ।
कार्यक्रम संयोजक हन्सी अग्रहरी स्वागत तथा गोबिन्दराज पाण्डेको सञ्चालनमा भएको कार्यक्रममा वडा सदस्य शोभाकान्त ढकाल, गणेश भण्डारी, कल्पना रोक्का, तिलोत्तमा उद्योग व्यापार संगठनका अध्यक्ष प्रेम जी.एम., उद्योगी वसन्त रोका क्षेत्री, नेपाली कांग्रेस वडा सभापति दिलमणि पंगेनी, रचना क्षेत्रीलगायतको उपस्थिति रहेको लियो क्लब अफ तिलोत्तमा भलवारी सिटीका अध्यक्ष नितेश जैसवालले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij