२०८२, भाद्र ९ गते

Aug 25 2025 | २०८२, भाद्र ९ गते

पञ्चकन्याद्वारा विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण

बिहिवार , जेठ १७, २०८१

  • 964
    Shares
  • 964
    Shares
  • भैरहवा, १७ जेठ । 
    पञ्चकन्या समूहका अध्यक्ष प्रेम बहादुर श्रेष्ठद्वारा स्थापित प्रेम बहादुर श्रेष्ठ अक्षयकोषले गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ । तिलोत्तमा नगरपालिका वडा नम्बर १५ मा रहेको पञ्चकन्या समूहले सोही वडाको पशुपति माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको हो । २०७० सालमा स्थापित प्रेम बहादुर श्रेष्ठ अक्षयकोषले यो दशौंपटक छात्रवृत्ति वितरण गरेको पञ्चकन्या समूहका उपाध्यक्ष ध्रुव कुमार श्रेष्ठले जानकारी दिए । उनले विद्यार्थीहरुको सर्वाङ्गिण विकासको लागि छात्रवृत्तिको स्थापना गरिएको बताए ।

    उनले उद्योग स्थापना भएको क्षेत्रका स्थानीयहरुले लाभ लिन पाउने गरी अन्य सामाजिक उत्तरदायित्व अन्र्तगतका कार्यहरु पनि गरिएको बताए । विद्यार्थीहरुलाई हौसला दिदै उनले व्यवस्थापन, इञ्जिनियरिङ्ग लगायत अध्ययन गरे आफ्नै उद्योगमा रोजगार दिन सक्ने बताए ।

    कार्यक्रमका प्रमुख अतिथि तिलोत्तमा वडा नम्बर १५ का वडाअध्यक्ष खेम बहादुर गुरुङ्गले पञ्चकन्या समूह तथा यसका संस्थापकहरुबाट तिलोत्तमा सुरुदेखि नै सहयोग पाउँदै आएको बताए । उनले छात्रवृत्ति पाउने विद्यार्थीहरुले पाएको रकम सदुपयोग गर्दै यसको गरिमा जोगाउन आग्रह गरे ।

    IMG_9804.JPG

    अक्षयकोषबाट सुरक्षा गोदारलाई १० हजार नगदसहित शैक्षिक सामग्री, सन्दिप यादव, रमेश भुसाल, सविना गाहा र बादल परियार (दर्जी) लाई जनही ५ हजार रुपैयाँ र शैक्षिक सामाग्री प्रदान गरिएको पञ्चकन्या समूहका महाप्रबन्धक देवेन्द्र साहूले जानकारी दिए ।

    प्रेम बहादुर श्रेष्ठ अक्षयकोषका अध्यक्ष ध्रुव कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पशुपति माध्यमिक विद्यालयका प्राचार्य बेदनारायण भट्टराई, विद्यालय व्यवस्थापन समितिकी कार्यवाहक अध्यक्ष वाला घिमिरे, पूर्वअध्यक्ष राम प्रसाद बस्याल लगायतले बोलेका थिए ।