२०८२, कार्तिक २५ गते

Nov 11 2025 | २०८२, कार्तिक २५ गते

बैंक तथा वित्तीय संस्था पीडित आन्दोलनमा, राष्ट्र बैंक अगाडि धर्ना

बिहिवार , जेठ १७, २०८१

  • 745
    Shares
  • 745
    Shares
  • भैरहवा, १७ जेठ । बैंक तथा वित्तीय संस्थामा देखिएका समस्या समाधान हुन सकेको छैन । बैंक तथा वित्तीय संस्थामा देखिएको विद्यमान समस्या समाधानका लागि पीडितले सरकारसँग आग्रह गर्दै आएका छन् । लामो समयसम्म पनि पीडितहरुले न्याय नपाएको भन्दै आन्दोलनमा उत्रिएका छन् । उनीहरुले विरोध र्यालीसहित नेपाल राष्ट्र बैंक अगाडि धर्ना दिएका छन् ।

    Bank pidit 2.jpg

    समस्या समाधानको कुनै पनि खालको प्रयास नभएपछि बैंक तथा वित्तीय संस्थाबाट पीडितहरुले विरोध र्‍यालीसहित राष्ट्र बैंक सिद्धार्थनगर अगाडि धर्ना दिएको बताएका छन् । उनीहरुले चर्को घामको प्रवाह नगरी भैरहवाको देवकोटा चोकबाट प्लेकार्डसहित निकालेको र्याली बैंकरोड, नारायणस्थान, बर्मेलीटोल हुँदै राष्ट्र बैक अगाडि आएर धर्ना र कोणसभा गरेका हुन् ।
    विगत लामो समयदेखि उद्योग, व्यवसाय तथा विभिन्न किसिमको कारोबार गर्दै आएका व्यक्तिहरुले कोरोनाकालमा थलिएको उद्योग तथा व्यवसाय अहिलेसम्म तग्रिन नसकेको बताएका छन् । 

    उनीहरुले उद्योग तथा व्यवसाय चलायमान नहुँदासम्म बैक तथा वित्तीय सस्थाबाट ल्याइएको ऋण बुझाउन असहज भएको भन्दै सहजीकरण गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले ब्याजदरमा पुर्नविचार गर्नुपर्ने, समयाअवधि थप गर्नुपर्ने, धितो लिलामको सूचना तत्कालका लागि रोक्नुपर्ने लगायतका माग समेत राखेका छन् ।

    Bank pidit 3.jpg

    सरकारले बजेटमार्फत बैंक तथा वित्तीय संस्था पीडितहरुको पक्षमा पनि कुनै किसिमको राहतका कार्यक्रम ल्याउँछ कि भन्ने आशामा बसेको उल्लेख गर्दै कुनै पनि राहतका कार्यक्रम नल्याएको भन्दै पुनः आन्दोलनमा उत्रिनु परेको समन्वय समिति अध्यक्ष दुर्गा प्रसाद पोखरेलको भनाइ छ । उनले बैंक तथा वित्तीय संस्था पीडितहरुको माग सम्बोधन नभए जस्तोसुकै संघर्षमा पनि उत्रिने सक्ने बताए ।

    नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुले प्रदान गर्ने वित्तीय सेवा सम्बन्धमा सरोकारवाला निकायसँग पटकपटक अन्तरक्रिया कार्यक्रम गरे पनि उनीहरुको समस्या समाधान हुन सकेको छैन । पीडितहरुले ब्याजदरमा पुर्नविचार गर्नुपर्ने, समयावधि थप गर्नुपर्ने, धितो लिलामको सूचना तत्कालका लागि रोक्नुपर्ने लगायतका माग राख्दै आएका छन् ।