२०८३, बैशाख १२ गते

Apr 25 2026 | २०८३, बैशाख १२ गते

लायन्सका अध्यक्षहरुलाई अभिमुखीकरण

शुक्रवार , जेठ १८, २०८१

  • 625
    Shares
  • 625
    Shares
  • भैरहवा, १८ जेठ ।
    लायन्स क्लब अन्तर्राष्ट्रिय जिल्ला परिषद ३२५ पी नेपालको आयोजनामा लायन्स वर्ष २०२४/०२५ का लागि निर्वाचित अध्यक्षहरुको लागि अभिमुखीकरण कार्यक्रम गरिएको छ ।
    भैरहवामा भएको कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्यातीप्राप्त व्यक्तित्वले एक वर्षसम्म लायन्स क्लबले गर्ने रणनीतिहरु, सामाजिक क्रियाकलाप, दायित्वको विषयमा विभिन्न तालिम र मोटीभेशन प्रशिक्षण प्रदान गरिएको थियो । वर्ष २०२३/०२४ का गभर्नर अर्जुनमान सैंजुले लायन्सवादको विषयमा प्रकाश पारेका थिए ।

    कार्यक्रममा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ एच का निवर्तमान गभर्नर दिनेश कुमार श्रेष्ठले एल.सी.आइ.एफ.बारेमा जानकारी गराएका थिए । कार्यक्रममा ३२५ आइ का वर्तमान गभर्नर चन्द्र कुमार केसीले कसरी सफल र नमूना अध्यक्ष बन्न सकिन्छ भनेर उत्प्रेरणात्मक प्रशिक्षण प्रदान गरेका थिए । 

    त्यस्तै इलेक्ट डिष्ट्रिक गर्भनर पुरुषोत्तमभक्त प्रधानाङ्गले ग्लोबल कष्ट अन्र्तगत डाईबेटिज, ईन्भाईरमेन्ट, हंगर, भिजन, चाईलहुड क्यान्सर, युथ, ह्युमेट्रिन फोर्स, डिजाष्टर रिलिफ लगायतका विषयलाई प्रथमिकतामा राखेर यो वर्ष काम गर्ने बताउँदै सोही प्रकृतिको प्रशिक्षण प्रदान गरेका थिए ।

    कार्यक्रममा सामाजिक उद्यमशिलता सम्बन्धी मुकुन्द ज्ञवालीले प्रशिक्षण प्रदान गरेका थिए भने असल मिटिङ्ग कसरी सञ्चालन गर्ने र सफल बन्ने भन्ने विषयमा राजिव गौतमले प्रशिक्षण दिए । सदस्यता किन आवश्यक छ भनेर एम.एल. पाण्डेले, सचिवालयमा कसरी समन्वयात्मक रहेर काम गर्ने भनेर फस्ट इलेक्ट गभर्नर बालाराम भट्टराईले, लायन्स कोड अफ कम्डक्ट र लायनिज्ममा सेकेण्ड इलेक्ट गभर्नर सन्दीप कसौधनले प्रशिक्षण दिएका थिए ।

    यसैबीच, कपिलवस्तुको चन्द्रौटामा तीनदिने डिष्ट्रिक क्याबिनेट अफिसरहरुको लागि प्रशिक्षण समेत प्रदान गरिएको छ । कार्यक्रममा लायन्स ईन्टरनेशनल डाईरेक्टर बालकृष्ण बुर्लाकोटीले प्रशिक्षण दिएका थिए । त्यस्तै रमण भट्टराई, खगेन्द्र सिटौला, चन्द्र कुमार केसी, अर्जुनमान सैंजु, सन्दीप कसौधन लगायतले प्रशिक्षण दिएका थिए ।

    इलेक्ट डिष्ट्रिक गर्भनर पुरुषोत्तमभक्त प्रधानाङ्गले सफलता सम्भव छ भन्ने विषयमा प्रशिक्षण दिएका थिए ।  सोही कार्यक्रममा लायन्सको लोगो अनवारण समेत गरिएको थियो । वर्ष २०२४/०२५ का कोषाध्यक्ष प्रकाश कुमार श्रेस्ठले सहभागी सबैलाई धन्यवाद दिएका थिए । कार्यकालको सुरुवातदेखि नै स्कुलिङ कार्यक्रमलाई फरक तरिकाले अगाडी बढाइएको सचिव माधव खनालले जानकारी दिए ।