
शुक्रवार , जेठ १८, २०८१
काठमाडाैं, १८ जेठ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारले कृषि क्षेत्रमा ल्याएका योजना अर्थपूर्ण रहेको बताएका छन् ।
शुक्रवार काठमाडौंमा देवशंकर पौडेलेको लिखुसँग आत्मसमर्पण विमोचन गर्दै उनले यस्तो बताएका हुन् । उनले कृषिलाई नेपालको अर्थतन्त्रको आधारशिलाको रुपमा लिनुपर्ने र त्यस रुपमा नै अघि सारिएको बताए । उनले अहिलेको राजनीतिमा सबैभन्दा बिग्रिएको पक्ष भ्रष्टीकरण रहेको बताए ।
उनले भ्रष्टाचारले नेता, कार्यकता र देश बिग्रिएको बताउनु भयो । उहाँले समाज विकृति र विसंगतिका कारण बिग्रिरहेको बताए । उनले देशको योजना बनाउँदा हावादारी योजना बनँउन नहुने बताए। अध्यक्ष नेपालले आफूहरु नेपालको राजनीति सहज ढंगले अघि बढ्नुपर्ने पक्षमा रहेको बताए । उनले नेतृत्वमा बस्नेहरुले जनताको चाहना, पीडा र वेदनालाई सम्बोधन गर्न आवश्यक रहेको बताए ।
अध्यक्ष नेपालले राष्ट्रिय राजनीतिलाई अघि बढाएर जाने सन्दर्भमा विचार पुर्याउन जरुरी रहेको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij