
शुक्रवार , जेठ १८, २०८१
भैरहवा, १८ जेठ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन रुपन्देहीका जिल्लाको संयोजकमा अभिजीत कुमार त्रिपाठी (चन्दन) तिवारी मनोनित भएका छन् । उनलाई संगठनका केन्द्रीय संयोजक कमल बम रजवारले बिहीबार जिल्ला संयोजकमा मनोनयन गरेका हुन् । त्रिपाठी २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा राप्रपाबाट कोटहीमाई गाउँपालिका वडा नम्बर १ मा वडाअध्यक्षको उम्मेदवार भइ दोस्रो स्थान प्राप्त गरेका थिए ।
त्रिपाठीलाई शुक्रबार भैरहवास्थित राप्रपा पार्टी कार्यालयमा एक कार्यक्रमकाबीच संगठनका केन्द्रीय संयोजक कमल बम र राप्रपाका केन्द्रीय सहायक महामन्त्री ताहिर अलिले मनोनयपत्र हस्तान्तरण गरेका हुन् । राप्रपा रुपन्देही जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ताको अध्यक्षता तथा सचिव बलराम शर्माको सञ्चालनमा भएको कार्यक्रममा पार्टीका युवा नेता गौरव बोहरालगायत राप्रपा नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij