२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लुम्बिनी प्रादेशिक अस्पतालको मेसुमा डा. ढकाल

शुक्रवार , जेठ १८, २०८१

बुटवल, १८ जेठ । 
रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेण्डेण्ट (मेसु) मा डा.इन्द्र ढकाल नियुक्त हुने भएका छन् । शुक्रबार बसेको लुम्बिनी प्रदेश सरकार मन्त्रीपरिषदको बैठकले ढकाललाई नियुक्त गर्ने निर्णय गरेको हो । ढकालले यसअघि समेत प्रादेशिक अस्पतालको मेसुको रुपमा रहेर उल्लेख्य सुधारका काम गरेका थिए ।

बैठकले प्रदेश सरकार मातहतमा रहेका अन्य अस्पतालहरुको प्रमुखहरुको समेत सरुवा समेत गरेको छ । जस अन्तर्गत गुल्मी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट किशोर बञ्जाडेलाई कपिलवस्तु अस्पतालमा सरुवा गरिएको छ । 

त्यस्तै भीम अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.मोहमद नुरुल होदालाई पृथ्वीचन्द्र अस्पताल परासी र डा.सकुन्तला गुप्ता लुम्बिनी प्रादेशिक अस्पतालबाट भीम अस्पतालमा मेडिकल सुपरिटेण्डेण्टको रुपमा सरुवा गरिएको स्वास्थ्य मन्त्री दिपेन्द्र पुनले जानकारी दिए ।