
शनिवार , जेठ १९, २०८१
भैरहवा । जेसीआई सिद्धार्थ नेपालको तेस्रो संचालक समितिको बैठक सम्पन्न गरेको छ । पर्यटन प्रवद्धन गर्ने उद्धेश्य राखेर पाल्पाको भैरवस्थान स्थित समृद्धि रिसोर्टमा तेस्रो सञ्चालक समिति बैठक बसेको थियो ।
जेसीआई सिद्धार्थ नेपाल वर्ष २०२४ का अध्यक्ष दिपक काफ्लेको सभापतित्वमा बसेको बैठकले क्यान्सर सचेतना, साहित्यीक लगाएतका बिभिन्न कार्यक्रम गर्ने निर्णय गरिएको छ ।
बैठकमा बोर्डका पदाधिकारी तथा सल्लाहकारहरु वीचमा आगामि कार्यक्रमका बिषयमा गहन छलफल भएको महासचिव अर्जुन कुँवरले जानकारी दिए ।
पर्यटन प्रबद्धन गर्ने उद्धेश्यले आयोजना गरिएको बैठकमा सहभागिहरुले भैरवस्नाथ मन्दिरको दर्शन गरि विश्व शान्तिको कामना गरिएको महासचिव कुंवरले जानककारी दिए ।
उक्त बैठकमा हरिलाल जयसवालले आस्था पाठ वाचन गरेका थिए भने सागर पोखरेलले स्वागत मन्तव्य राखेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij