२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

पुराना पार्टीहरु देशको अवस्था रास्वपाले बिगारेको भनेर पन्छिन खोजेका छन् : सांसद झा

आइतवार , जेठ २०, २०८१

काठमाडाैं, २० जेठ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले पुराना पार्टीहरु देशको अवस्था रास्वपाले बिगारेको भनेर पन्छिन खोजेका बताएका छन् ।

आईतवार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद झाले देशमा राजनीतिक, अर्थतन्त्र, संसदीय व्यवस्था, कर्मचारीतन्त्र, नीजि क्षेत्रको आत्मविश्वास राम्रो नभएको बताए । उनले केही पुराना दलहरुले आफूहरुलाई देश बिगारेउ भनेर पन्छिन खोजेको बताए । उनले आफूहरु राजनीतिमा आएको २३ महिना, संसदमा आएको १७ महिना र सरकारमा आएको १२२ दिनमात्रै भएको भन्दै आफूहरु राम्रो काम गर्ने प्रयास गरिरहेको बताए । उनले आफूहरु केही विकल्प नभएर राजनीतिमा आएको व्यक्तिहरु नभएको बताए । उनले आफुहरुको विगत कमजोर नभएको भन्दै धेरै आधारहरु आफूहरुसँग रहेको बताए ।

उनले यतिका दिन संसद बन्द हुँदा जनसरोकारका विषयहरुमा आफूहरुले बोल्न नपाएको बताए ।