२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सदनमा प्रस्तुत भएको गैरजिम्मेवारपूर्ण अभिव्यक्ती रेकर्डबाट हटाउन माग

आइतवार , जेठ २०, २०८१

काठमाडाैं, २० जेठ । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सहकारीको रकम अपचलनका विषयमा छानबिन गर्न गठित संसदीय छानबिन समितिलाई गृहमन्त्री रवि लामिछानेको बयान लिन सुझाव दिएका छन् । 

आइतबार प्रतिनिधिसभा बैठकको बिशेष समयमा उनले संसदीय छानबिन समितिको कार्यक्षेत्रमा नाम राख्न नसकिए पनि रवि लामिछानेदेखि महान्यायाधिवक्ता दिनमणि पोखरेललाई समेत बयानका लागि बोलाउनुपर्ने बताए ।

बिभिन्न सहकारीबाट गोर्खा मिडियामा गएको रकम गैरकानूनी रहेको भन्दै यसमा संलग्न सवैलाई बयान लिनुपर्ने र कानून बमोजिम कारवाहीको सिफारिस गर्ने उनले बताए । थापाले देशको सूचना बेच्ने मान्छेहरू सदनमै रहेको भन्दै  गृहमन्त्रीले दिएको अभिव्यक्तिबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताए । त्यस्तै उनले सदनमा प्रस्तुत भएको गैरजिम्मेवारपूर्ण अभिव्यक्ती रेकर्डबाट हटाउन माग गरे  ।