२०८३, आश्विन १० गते

Sep 26 2026 | २०८३, आश्विन १० गते

गिरीबन्धुको फाइल खोल्ने तयारी भइरहेको छ : सांसद झा

आइतवार , जेठ २०, २०८१

  • 781
    Shares
  • 781
    Shares
  • काठमाडौं, २० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले गिरीबन्धुको फाइल खोल्ने तयारी भइरहेको बताएका छन । 

    आइतबार प्रतिनिधिसभा बैठकको बिशेष समयमा सांसद झाले आफ्नो पार्टी सरकारमा गएपछि टिकापुर, बाँसबारी जग्गा प्रकरणको छानविन गरेको भन्दै भूटानी शरणार्थी प्रकरणको पुनः छानविन गर्ने र गिरीबन्धुको पनि फाइल खोल्ने तयारी भइरहेको बताउएका हुन ।उनले सहकारी प्रकरणमा आफुहरुले ससर्त छानविन समिति बनाउन तयार रहेको जनाएको र त्यहि आधारमा अहिले संसदीय छानविन समिति बनेको धारणा राखे । आफूहरु प्रसस्तै विकल्प छाडेर देशका लागि केहि गर्न राजनीतिमा होमिएको उनले बताए ।

    सांसद झाले संसदमा बोल्ने क्रममा केहि नेताहरुले परिवर्तनको क्रेडिट लिन खोजेको भन्दै राजनीतिमा सबै परिवर्तनको क्रेडिट लिने काम उचित नभएको जिकिर गरे ।लामो समय संसद अवरुद्ध हुँदा जनताका समस्याको उठान गर्न नपाइएको उल्लेख गर्दै उनले संसद खुलेपछि निरन्तर जनताको पक्षमा आवाज उठाइने बताए ।