२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सन्दीप लामिछानेलाई भिसा नदिने विषय सिंगो नेपालमाथिको अपमान हो : सांसद शाही

आइतवार , जेठ २०, २०८१

काठमाडौं, २० जेठ । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले विश्वकप खेल्न क्रिकेटर सन्दीप लामिछानेलाई भिसा नदिने कुरा सिंगो नेपालमाथिको अपमान भएको बताएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकको बिशेष समयमा शाहीले अदालते न्याय दिएर क्यान र सरकारले सिफारिस गर्दा पनि सन्दीपलाई अमेरिकाले भिसा नदिनु समग्र देशको अपमान भएको बताएका हुन् । उनले विश्वकप खेल्नका लागि आफ्ना खेलाडीलाई भिसा नदिदा पनि कुनै प्रतिक्रिया नदिने परराष्ट्र र खेलकुद मन्त्रालयको आवश्यकता नदेखिएको धारणा राखे । विश्वकप आयोजना गर्ने देशले नै खेल खेल्न भिसा नदिनु भनेको पञ्चशिलको सिद्धान्त बिपरित रहेको उनको भनाइ छ ।

उनले देशलाई खेलाडी वा कलाकारले देशलाई चिनाउने भन्दै यसलाई देशका नेताहरुले बुझ्न नसकेको तर्क गरे ।