
आइतवार , जेठ २०, २०८१
काठमाडौं, २० जेठ । शुक्रबार र शनिबार आएको हावा हुरीले चितवनको केरा खेतीमा करोडौको क्षति भएको छ ।
हावा हुरीले चितवनको रत्ननगर खैरहनी र कालिका नगर पालिकाको बिभिनन क्षेत्रको केरा खेतीमा क्षति पुगेको किसानहरुले बताएका छन् । हावा हुरीले चितवनको करीब २ हजार ५ सय बिगाहमा लगाएको केरा क्षती भएको चितवन केरा उत्पादक संघका अध्यक्ष माधब प्रसाद घिमिरेले बताए । हावा हुरीले चितवनका किसानहरुको करीब १२ करोड बराबरको केरा क्षति भएको उनले बताए ।
चितवनमा हावा हुरीले हाल सम्म कै ठुलो केरा खेतीमा क्षति भएको किसानहरुले बताएका छन् । जेठ महिनामा यसरी हावा हुरी आउला र क्षति होला भनेर कल्पना समेत नगरेको हावा हुरीले मुखमा आएको बालीमा क्षति भए पछी किसानहरु चिन्तीत भएका छन् । हावा हुरीले ११ बिगाह जग्गामा लगाएको केरा सखाप भएको चितवन खैरहनी नगर पालिका ६ तुलसी पुरका किसान पुष्क सिंहले बताए ।
हावा हुरीले टिपेर बेच्ने बेला भएको केरा पुर्ण रुपमा क्षति हुदा किसानहरु निरास भएका छन् । चितवनमा करीब ३ हजार ५ सय बिगाहमा केरा खेती भए पनि १ हजार ५ सय बिगाहको केरामा मात्र बिमा गरेका छन् । केरा खेतीमा बिमा गरीए पनी सरकारले समयमा नै बिमित रकम बिमा कम्पनीलाई नबुझाउदा बिमाको रकम पाउन पनि ढिला हुने गरेको किसानहरु बताउछन् । गत बर्ष बिमा कम्पनी दिनु पर्ने ४ करोड मध्य २ करोड रुपैयामा मात्र किसानले पाएको र २ करोड अझ बाकी रहेको छ । किसानहरुले प्रति बिगाह बाट करिब १० लाखको हारी हारीमा केरा बिक्री गर्ने गरेका छन् । हावा हुरीले केरा खेतिमा ठुलो क्षति भए पछी किसानलाई क्षति पुर्तीको लागि पहल गर्ने उद्योग बाणिज्य सघ चितवनका प्रथम उपाध्यक्ष राजेन्द्र ओलीले बताए ।
हावा हुरीले ठुलो नोक्सान ब्यहोर्न परेको किसानलाई बारीमा ढलेको केराको बोट कसरी हटाउने भन्ने अर्को चिन्तामा परेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij