
आइतवार , जेठ २०, २०८१
भैरहवा, २० जेठ ।
लिडरसीप स्किल्स डेभलपमेन्ट ट्रेनिङ (एलएसडीटी) को शनिबार सम्पन्न ११६ औ श्रृंखलाको अवसरमा महिला नेतृत्व र सञ्चार विषयक छलफल कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमकी प्रमुख अतिथि लुम्बिनी प्रेस क्लब, रुपन्देहीकी अध्यक्ष सम्झना शर्माले महिला नेतृत्वलाई अगाडी बढाउन पुरुषहरुको भूमिका महत्वपूर्ण रहेको बताइन् । उनले महिला–पुरुष एकअर्काका पुरक भएको बताइन् । उनले महिलाहरुलाई सञ्चार क्षेत्रमा जोडिन उत्प्रेरित समेत गरिन् । उनले एलएसडीटीका कार्यक्रममार्फत समाजका विभिन्न क्षेत्रमा जोडिन सकिने भन्दै एलएसडीटीले गरेको कार्यको प्रशंसा गरिन् ।
कार्यक्रमकी अध्यक्ष सामाजिक अगुवा एलएसडीटी सदस्य माया कंडेलले उपस्थितिलाई धन्यवाद व्यक्त गर्दै लिडरसीप स्किल्स डेभलपमेन्ट ट्रेनिङमा जोडिएर आफ्नो क्षमतालाई पहिचान गर्न सकिने बताइन् ।
बबिता बस्यालको स्वागत मन्तव्य तथा सामाजिक अगुवा एलएसडीटी सदस्य रीता थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रमको सहजीकरण व्यवसायी मदन प्रसाद पौडेलले गरेका थिए । तालिममा सहभागीहरुलाई रंजन पन्थीले व्यवहारिक प्राविधिक ज्ञानबारे जानकारी गराएका थिए ।
६० जना बढी सहभागीता रहेको उक्त तालिममा रुद्र देवी फ्रेण्ड्स क्लबका अध्यक्ष विष्णु शर्मा लगायत क्लबका पदाधिकारीहरुको उपस्थिति समेत रहेको व्यवस्थापन समितिका सदस्य मनिष तामाङले बताए ।
भैरहवास्थित होटेल एसियन बुद्धमा निःशुल्क रुपमा सञ्चालित तालिम स्वेच्छिक योगदानबाट हुँदै आएको व्यवस्थापन समितिका सदस्य त्रिलोकी तेलीले बताए । ‘तालिममा सहभागी हुन आउनेले स्वेच्छिक योगदान गर्दछन्,’ उनले भने । प्रमुख अतिथि लगायत श्रृृंखलाका पदाधिकारीहरुले ११६ औ श्रृंखलाका लागि आर्थिक योगदान दिएको एलएसडीटीका सचिवालय प्रमुख विरेन्द्र ज्ञवालीले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij