२०८२, कार्तिक २२ गते

Nov 08 2025 | २०८२, कार्तिक २२ गते

भैरहवामा आज जसपा नेपालको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम

सोमवार , जेठ २१, २०८१

  • 964
    Shares
  • 964
    Shares
  • भैरहवा, २१ जेठ ।
    जनता समाजवादी पार्टी, नेपाल (जसपा) जिल्ला समिति रुपन्देहीको आयोजनामा सोमबार (आज) भैरहवामा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम हुँदैछ । भैरहवास्थित होटल पीस नाइटमा बिहान ११ बजेदेखि कार्यक्रम सुरु हुने जसपा नेपाल रुपन्देहीका अध्यक्ष सियाराम यादवले बताए ।

    कार्यक्रममा पार्टीको वडादेखि केन्द्रसम्मका नेता कार्यकर्ता, भातृ संघ–संगठनका पदाधिकारी, सदस्यहरुलगायतको उपस्थिति रहने उनले बताए ।

    जसपा नेपालका केन्द्रीय अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम हुने पार्टीको संघीय परिषद् सदस्य एवं रुपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए ।

    जसपा नेपालको प्रथम राष्ट्रिय महाधिवेशन यही जेठ २८ देखि ३० गतेसम्म मधेश प्रदेशको जनकपुरधाममा हुँदैछ ।