२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

उद्योग व्यापार संगठन रुपन्देहीका पूर्वउपाध्यक्ष रेग्मीलाई मातृशोक

सोमवार , जेठ २१, २०८१

भैरहवा, २१ जेठ ।

चेम्बर अफ कमर्स (उद्योग व्यापार संगठन), रुपन्देहीका पूर्व उपाध्यक्ष, गौतमबुद्ध मिडिया प्रा.लि.का पूर्व सञ्चालक एवं होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठनका पूर्वअध्यक्ष  रामचन्द्र रेग्मीलाई मातृशोक परेको छ ।

रेग्मीको आमा भुवानीश्वर रेग्मीको गत जेठ १७ गते बिहीबार ७४ वर्षको उमेरमा मष्तिष्कघाटबाट निधन भएको हो । उनको स्याङ्जाको चापाकोट नगरपालिका–३ स्थित विनादीमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

भुवानीश्वर रेग्मीको निधनप्रति विभिन्न संघ–संस्थाले दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना तथा परिवारजनमा समवेदना प्रकट गरेका छन् । स्व. रेग्मीको १ छोरा र १ छोरी छन् ।