२०८२, माघ ५ गते

Jan 19 2026 | २०८२, माघ ५ गते

काठमाडौंका मेयर साहलाई काम गर्न दिनुपर्छ : काँग्रेस सांसद भण्डारी

सोमवार , जेठ २१, २०८१

  • 997
    Shares
  • 997
    Shares
  • काठमाडौं, २१ जेठ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले काठमाडौं महानगरपालिकाका मेयर बोलेन्द्र साहको काममा अवरोध गर्न नहुने बताएका छन् ।

    एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंको न्युरोडस्थित सडक पेटी बिस्तार गर्न नदिएको आरोप लगाईरहेका बेला काँग्रेस सांसद भण्डारीले मेयर साहलाई काम गर्ने कुरामा निरुत्साहित गर्न नहुने टिप्पणी गरेका हुन्।

    सोमवार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिने क्रममा उहाँले मेयर शाहमा केही गरौं भन्ने हुटहुटी रहेकाले काम गर्न दिनुपर्ने बताए । सांसद भण्डारीले गिरीबन्धु टि स्टेट प्रकरण छानविन गरी दोषीमाथि कारबाही हुनुपर्ने पनि बताए ।

    सांसद भण्डारीले आफू नयाँ पुस्तालाई काम गर्न दिनुपर्छ भन्ने पक्षमा रहेको बताए ।