२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

दोस्रो तिलोत्तमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी पूरा 

मंगलवार , फाल्गुण ११, २०७७

तिलोत्तमा, ११ फागुन । 
तिलोत्तमा नगर खेलकुद विकास समितिको आयोजनामा फागुन १२ देखि १४ गतेसम्म सञ्चालन हुने दोस्रो तिलोत्तमा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी पूरा भएको छ । रनिङ शिल्ड प्रतियोगिता तिलोत्तमा–४ जनज्योति क्लबको खेल मैदानमा सञ्चालन हुने र सबै तयारी पूरा भएको नगर खेलकुद विकास समितिका अध्यक्ष राजेन्द्र गुरुङले बताए । 

प्रतियोगितामा नगरभित्रका सरकारी १५ र संस्थागत १७ गरी ३२ विद्यालयका करिब ३ हजार छात्रछात्राले विभिन्न १७ विधामा प्रतिष्पर्धा गर्ने नगर खेलकुद विकास समितिका सदस्य दीपक खनालले जानकारी दिए । रनिङ शिल्ड अन्तर्गत हुने प्रतियोगितामध्ये एथलेटिक्स तर्फका खेलको रेफ्री संयोजक मोहन घले, भलिबलको किसन चन्द र कबड्डीको दिनेश आचार्यले नेतृत्व गर्ने खनालले बताए । तीन दिनसम्म चल्ने प्रतियोगितालाई नगर खेलकुद विकास समितिले खेलकुद महोत्सवका रुपमा मनाउने गरेको अध्यक्ष गुरुङले बताए ।  कोरोना महामारीपछि नगर खेलकुद विकास समितिको यो छैठौं प्रतियोगिता हो ।

रनिङ शिल्डमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरुलाई जिल्लाभित्र हुने अन्तर पालिकास्तरीय खेल प्रतियोगितामा सहभागी गराइनेछ ।