२०८२, भाद्र ९ गते

Aug 25 2025 | २०८२, भाद्र ९ गते

मिहिनेत र अनुशासन बिना लक्ष्य प्राप्त हुन सक्दैन : सौनक भट्ट

सोमवार , जेठ २१, २०८१

  • 874
    Shares
  • 874
    Shares
  • भैरहवा, २१ जेठ ।
    रुपन्देहीमा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीहरुलाई लक्षित गरी  उत्प्रेरक कार्यक्रमको आयोजना गरिएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका कोटिहवास्थित टाइगर प्यालेसको सभाहलमा उत्प्रेरक वक्ता सौनक भट्टले मिहिनेत र अनुशासन बिना लक्ष्य प्राप्त हुन् नसक्ने भन्दै परिश्रमी हुन् उत्प्रेरित गरेका थिए । उनले करिब १ हजार सहभागीहरुलाई आफ्नो प्रस्तुतिबाट मंत्रमुग्ध बनाएको एक सहभागीले बताए । सहभागी भने, ‘सौनकको प्रस्तुतिले कार्यक्रमभर रौनक छायो ।’ दुई सत्रमा सम्पन्न कार्यक्रमको शुभारम्भ इस्कोंनका सन्त रन्तिदेवा दासले गरेका थिए । उनले भने, ‘आध्यात्मिक ज्ञान लिन सके विद्यार्थी जीवन सुन्दर हुन् सक्छ ।’ 

    कार्यक्रमको आयोजना जिनियस बिज लाइफले गरेको थियो । कार्यक्रममा न्यू  होराइजन कलेज बुटवलका संस्थापक प्राचार्य लोकनाथ उपाध्याय, होराइजन जिविएस कलेज ड्राइभरटोलका प्राचार्य गोपाल आचार्य, स्कलर्स होम्स कलेजका बाबुराम बन्जाडे, आइडिया फ्युजनका राजकुमार गुप्ता, रेटी इन्स्टिच्युटका कृष्ण जयसवाल, इन्द्र भुसाल, विनोद खरेल लगायतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए ।

    WhatsApp Image 2024-06-03 at 8.31.11 PM.jpeg

    जिनियस टक्स कार्यक्रमको यो तेस्रो श्रृंखला रहेको आयोजक जिनियस विज लाइफ प्रमुख कृष्ण साहले जानकारी दिए । कार्यक्रम लिडरसीप स्किल्स डेभलपमेन्ट ट्रेनिङ(एलएसडीटी) का संस्थापक तथा उत्प्रेरक वक्ता विजय पाण्डेले पनि विद्यार्थीलाई उत्प्रेरित गरेका साहले बताए । कार्यक्रमको मुख्य प्रायोजन करेन्ट नुडल्सले गरेको थियो भने सहआयोजकमा रेटी इन्स्टिच्युट, एप्पल इन्ट्रान्स र व्ह्वाइट हाउस रहेका थिए ।