
मंगलवार , जेठ २२, २०८१
तिलोत्तमा, २२ जेठ ।
सेवा नेपाल समाज रुपन्देहीको आयोजना, नेपाल नेत्र ज्योति संघ तथा लुम्बिनी नेत्र बिज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर/बुटवल लायन्स आँखा अस्पतालको प्राविधिक सहयोगमा प्राथमिक आँखा स्वास्थ्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
तिलोत्तमा नगरपालिका वडा नम्बर ८ स्थित करहिया मक्रहर खानेपानी तथा सरसफाई उपभोक्ता समुहको सभाहलमा एकदिने अभिमुखीकरण कार्यक्रम भएको हो ।
सेवा नेपाल समाज अध्यक्ष डिल्ली राज पैनीको अध्यक्षता, तिलोत्तमा नगरपालिका वडा नम्बर ८ का अध्यक्ष कृष्ण प्रसाद पौडेलको प्रमुख आतिथ्यता, सेवा नेपाल समाजका उपाध्यक्ष रामाकान्त भुषालको स्वागत तथा सचिव प्रतीक पाण्डेयको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा करहिया स्वास्थ्य चौकीको प्रमुख कृष्ण कुमारी पाण्डेय, करहिया मक्रहर खानेपानी उपभोक्ता समूहकी उपाध्यक्ष शान्ता बस्याल भट्टराई, कृष्ण तिवारीले भनाइ राखेका थिए । ५० जना प्रशिक्षार्थीको उपस्थिति रहेको कार्यक्रममा बुटवल लायन्स आँखा अस्पतालका वरिष्ठ दृष्टि विशेषज्ञ मनोहर न्यौपानेले प्रशिक्षण दिएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij