२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

शिव मन्दिर परिसरको पूर्वतर्फ १० फिट छोडी पर्खाल बनाउने निर्णय

मंगलवार , जेठ २२, २०८१

भैरहवा, २२ जेठ । रुपन्देहीको सिद्धार्थनगर वडा नम्बर ८, बसडिलवास्थित शिव मन्दिर परिसरको पूर्वतर्फ १० फिट छोडी मन्दिरको पर्खाल लगाउने गरी निर्णय गरिको छ । विपद् जोखिमको विषय, स्थानीयबासीलाई सहज आवागमन हुने तथा सबै सरोकारवालाहरुको राय समेतलाई दृष्टिगत गरी भविष्यमा नेपाल सरकारलाई आवश्यक परेको खण्डमा उक्त स्थान खाली गर्ने गराउने शतएमा हाललाई १० फिट छोडी मन्दिरको पर्खाल लगाउने निर्णय भएको मन्दिर समितिले जनाएको छ । 

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, सिद्धार्थनगर नगरपालिका–८ का वडाअध्यक्ष राजनजंग राणा, शिव मन्दिर सञ्चालक समितिका अध्यक्ष पशुपति न्यौपानेसहित सरोकारवाला तथा स्थानीयहरुको उपस्थितिमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

‘मन्दिर अवस्थिति समेत अवलोकन गर्दा पश्चिम उत्तर र दक्षिणतर्फ पर्खाल लगाइएको र पूर्वतर्फ साविकदेखि चलनचल्तीमा रहेको बाटो समेत देखिन्छ । स्थानीयबासीहरुबाट उक्त बाटो प्रयोग गर्न पाउँ भन्ने व्यहोराको निवेदन जिल्ला प्रशासन कार्यालयमा परेको, उक्त बाटोको प्रयोग गर्न दिन सैद्वान्तिक रुपमा मन्दिर व्यवस्थापन समिति सहमत नै रहेको, पर्यटन कार्यालयको लागि चालु आ.व.मा बसडिलवा शिव मन्दिर सौन्दर्यीकरण शिर्षकमा बजेट विनियोजन भएको तर, पूर्वतर्फ बाटोको निरुपण नभइ थप संरक्षण निर्माण गर्न कठिनाइ भएको अवस्था समेतको आधारमा उक्त निर्णय गरिएको हो, ’निर्णयमा उल्लेख छ ।