२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

जलवायु परिवर्तनको असर न्युनिकरणका लागि एकत्रित भएर लाग्न राष्ट्रपतिको आह्वान

बुधवार , जेठ २३, २०८१

काठमाडौं, २३ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको असर न्युनिकरणका लागि एकत्रित भएर लाग्न विश्व समुदायलाई आह्वान गरेका छन् ।

विश्व वातावरण दिवसको अवसरमा राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा बोल्दै उनले सो आह्वान गरेका हुन् । उनले विश्वव्यापी उष्णताको बढ्दो प्रभावबाट तिब्र रुपमा हिमश्रृंखलाहरु र हिमतालहरुमा आएको परिवर्तनले तल्लो तटीय क्षेत्रमा बाढी, पहिरो लगायतका प्रकोपहरु बढेको बताए । उनले विपद्का कारण तल्लो तटीय क्षेत्रका बासिन्दाका लागि आधारभुत जीवनयापनका चुनौतिहरु थपिएको बताए ।

उनले जलवायु परिवर्तनको उच्च जोखिममा रहेका नेपाल लगायत अन्य पर्वतीय मुलुकहरु एउटा विश्वव्यापी संकटको भुमरीमा फसेको उल्लेख गरे । उनले जलवायु परिवर्तनका असर न्युनिकरणका लागि अब ढिला गर्ने समय नरहेको जिकिर गरे । उनले नेपालको नीति तथा कार्यक्रममा घोषणा गरिएको राष्ट्रपति जलवायु परिवर्तन व्यवस्थापन कार्यक्रमले जलवायु परिवर्तनका नकारात्मक असर न्युन गर्दै अनुकुलन क्षमता वृद्धि गरी उत्थानशिलता हाँसिल गर्न सहयोग पुग्ने बताए ।

उनले उच्च श्रृंखला नदी प्रणालीलाई जीवन्त राख्दै हिमाल, पहाड, तराई क्षेत्रमा जलवायु परिवर्तनबाट परेका असरलाई एकीकृत र सन्तुलित किसिमको सम्बोधन हुनुपर्ने बताए ।

राष्ट्रपति पौडेलले विश्व वातावरण दिवसको अवसरलाई जीवन समृद्धि, आशाको शक्तिशाली प्रतिकको रुपमा बिरुवा रोपेर मनाउन आग्रह गरे । वातावरण संरक्षणका लागि चौतारी र पोखरीको सभ्यताको जगर्ने गर्न आग्रह गरे ।