
बुधवार , जेठ २३, २०८१
लुम्बिनी, २३ जेठ। श्रम राेजगार तथा सामाजिक सुरक्षा मन्त्री डाेलप्रसाद अर्याल (डिपि) ले श्रमाधान मेलाले राेजगारदाता र श्रमिककाे गहिराे खाडललाई पुर्ने बताएका छन् । श्रम राेजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, उद्याेग पर्यटन तथा सहकारी मन्त्रालय र बुटवल उपमहानगरपालिकाकाे आयाेजनामा बुधबारदेखी बुटवलमा शुरू भएकाे लुम्बिनी प्रदेशस्तरीय श्रमधान राेजगार मेलाकाे उदघाटन गर्दै मन्त्री अर्यालले यस्ताे बताएका हुन् ।
उनले नेपालमा राेजगारी नपाएकै कारण विदृश गएकाे गुनासाे आएकाले कम्तीमा सातै प्रदेशबाट राेजगारदाता र श्रमिकलाई जाेडन श्रमाधान मेला राखिएकाे समेत बताए । मेलामा विभिन्न क्षेत्रका राेजगारदाताहरूकाे उपस्थितिले राेजगारी प्राप्त हुने वातावरण बनाउने विश्वास लिए । मन्त्री अर्यालले छाेटाे समयमा केन्द्र, प्रदेश र स्थानीय सरकारसंग मिलेर एउटा प्रयास गरिएकाे बताए । उनले सामाजिक सुरक्षा काेष मार्फत श्रमिकलाई स्वास्थ्य विमाकाे समेत सुविधा प्रदान गरिएकाे बताए ।
उनले मेलाले तत्काल राेजगारी प्रदान नगर्ने तर, राेजगारीका लागि अवसरहरू सृजना गर्ने दावि गरे । श्रम राेजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, उद्याेग पर्यटन तथा सहकारी मन्त्रालय र बुटवल उपमहानगरपालिकाकाे आयाेजनामा बुटवलमा प्रदेशस्तरी राेजगार मेला शुरू भएकाे हाे । मेला उदघाटन समाराेहमा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले कमाउदै पढ्ने वातावरण बनाउन नसक्दा विदेश पलायन राेक्न नसक्ने बताए ।
२० बर्ष समय लगाएर डिग्री अध्ययन गरेकाहरू बेराेजगार हुने र एक बर्ष सीप सिकेका राेजगारी पाउने अवस्था रहेकाे उनले बताए । उनले शिक्षा प्रणालीलाई सुधार गर्नुपर्ने बताए । 'त्रिविकाे दीक्षान्त समाराेहमा दीक्षित भएकाहरूमध्ये ९० प्रतिशत बेराेजगार हुन्छन, यस्ताे अवस्थाकाे अन्त्य गर्नुपर्छ' उनले भने । नगरप्रमुख पाण्डेयले केन्द्रीकृत शासनका कारण सिहदरबार बाहिर आउन नसकेकाे बताउदै बुटवलमा औद्याैगिक क्षेत्र बनाउन र बुटवल टेक्निकल ईन्स्टिच्युटलाई बलियाे बनाएर राेजगार सृजना गर्नतर्फ ध्यान दिनुपर्ने बताए । यस्तै कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाईले शिक्षा र राेजगारलाई जाेडेर लैजानुपर्ने सुझाव दिए ।
नेपालमा शिक्षाकै कारण यसवाहरू ३० बर्षसम्म अध्ययनमै सिमिति हुनुपर्ने समस्याले युवाहरू विदेश जान थालेकाे उनले बताए । उनले राेजगारी सृजनाका लागि मेला र भेलाले मात्रै काम नगर्ने बताउदै नीति बनाउन सुझाव दिए । यस्तै तुल्सिपुर उपमहानगरपालिका नगरप्रमुख टिकाराम खड्काले वैदेशिक राेजगारमा जान नपर्ने गरि श्रमिकमैत्री ऐन निर्माण गर्नुपर्ने बताए । उनले आगामि दिनमा उद्मीहरूकाे प्रवर्दन र मजदुरमैत्री नीति निर्माण गर्नुपर्ने बताए । उनले स्वदेशमै राेजगारी सृजना गर्न राेजगारदाता र श्रमिकलाई जाेड्न सफल हुने विश्वास दिलाए ।
मेला शुभारम्भमा शुरू मेला उदघाटनमा ट्रेड यूनियन काँग्रेसका माजिमान श्रेष्ठ, उद्याे काणिज्य महासंघ लुम्बिनीका अध्यक्ष कृष्णकुमार शर्मा, नेपाल उद्याेग परिसंघका लुम्बिनि अध्यक्ष एजाज आलम लगायतले बाेल्दै निजि क्षेत्रमा जनशक्तिकाे अभाव रहेकाले त्यसतर्फ सरकारकाे ध्यान पुग्न नसकेकाे बताए । बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी)मा शुरू मेलामा ४० वटा स्टल छन् । जसमा बायोडाटा निर्माण, सिकाईसम्बन्धी उद्योग व्यवसाय तथा रोजगारदातासँग सम्बन्धित स्टलहरू वैदेशिक रोजगार कल सेन्टरलगायत सरकारी तथा निजी क्षेत्रका स्टलहरू मेलामा राखिएकाे छ । मेला भाेलिसम्म चल्नेछ । देशका सातै प्रदेशमा हुने श्रमाधान रोजगार मेला बागमती प्रदेशको ललितपुरमा ३० जेठमा समापन हुनेछ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij