२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लुम्बिनी विश्व शान्ति मञ्चद्वारा हुम्लामा वृक्षारोपण

बुधवार , जेठ २३, २०८१

भैरहवा, २३ जेठ ।
लुम्बिनी विश्व शान्ति मञ्चले कर्णाली प्रदेशको हुम्लामा वृक्षारोपण कार्यक्रम गरेको छ । विश्व वातावरण सप्ताह–२०२४ को अवसरमा ‘१० लाख वृक्षारोपण तथा संरक्षण अभियान ’अन्तर्गत बुधबार वृक्षारोपण गरिएको मञ्चका संस्थापक अध्यक्ष बासु गौतमले बताए । खार्पूनाथ गाउँपालिका वडा नम्बर ४ स्थित तुम्लिङ र सिमकोट गाउँपालिका वडा नम्बर ५ स्थित स्याम्मे हुम्लामा वृक्षारोपण गरिएको उनले बताए ।

‘मञ्चको आयोजना तथा कृषि विकास बैंकको सहयोगमा मानसरोबर बहुमुखी क्याम्पसको परिसर र सिमकोटमा धुपी सल्ला १ सय वटा रोपिएको छ, ’गौतमले भने । लुम्बिनी विश्व शान्ति मञ्चको ‘१० लाख वृक्षारोपण तथा संरक्षण अभियान’ मा कृषि विकास बैंकले सहयोग गर्दै आएको उनले बताए ।

WhatsApp Image 2024-06-05 at 3.23.18 PM.jpeg