
बिहिवार , जेठ २४, २०८१
लुम्बिनी, २४ जेठ ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) र चीनको शान्सी प्रान्तीय कङग्रेसका स्थायी समिति उपाध्यक्ष झी होङबीच बिहीबार भेटवार्ता भएको छ ।
मन्त्री स्तरका झी होङसँगको भेटमा लुम्बिनीको ऐतिहासिक पुरातात्विक स्थलहरुको संरक्षण विकास र प्रवद्र्धन एवं लुम्बिनी गुरुयोजनाको बाँकी काम पूरा गर्ने लगायतका विषयमा छलफल भएको छ ।
उपाध्यक्ष डा. लामाले बुद्ध जन्मस्थल लुम्बिनी पवित्रस्थल भएकाले चीनको शान्सी प्रान्तबाट तीर्थयात्रीहरुलाई बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गराउन गरे । उनले लुम्बिनी गुरुयोजनाको बाँकी काम पूरा गर्न आफुहरु लागि परेको बताउँदै लुम्बिनीको विकासका लागि छिमेकी राष्ट्रहरुसँग सहकार्य गर्न तयार रहेको बताए । लुम्बिनी विश्वभरका बौद्ध सम्प्रादाय र शान्तिमार्गीहरुको केन्द्र भएकाले विश्वव्यापी प्रचार गर्नका लागि उपाध्यक्ष लामाको होङसँग आग्रह गरेका हुन् ।
भेटमा शान्सी प्रान्तीय कङग्रेसका स्थायी समिति उपाध्यक्ष झी होङले आफू बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गर्न पाउदा निकै खुशी भएको बताउँदै आगामी दिनमा सहकार्यका लागि पहल गर्ने प्रतिवद्धता जनाए ।
भेटमा शान्सी प्रान्तका तीर्थयात्रीहरुलाई बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमणका लागि प्रोत्साहन गर्ने प्रतिवद्धता समेत भएको कोषका कार्यकारी सदस्य श्याम रोक्काले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij