२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

श्रमाधान रोजगार मेलामा युवाको उल्लेख्य सहभागिता, ३५ जनाले पाए रोजगारी

बिहिवार , जेठ २४, २०८१

भैरहवा । बुटवलमा जारी लुम्बिनी प्रदेश स्तरीय श्रमाधान रोजगार मेला सकिएको छ । रोजगारदाता कम्पनी र रोजगारको खोजीमा रहेका श्रमिकहरुलाई एकै ठाउँमा उपस्थित गराउर्दै श्रमाधान रोजगार मेला युवा तथा बिद्यार्थी लगाएतको उल्लेख्य सहभागिता रहेको थियो ।

रोजगारदाता र रोजगारीको खोजीमा रहेका दुवै पक्षलाई एउटै थलोमा सहभागी गराई अवसरको सिर्जना गर्ने प्रयास स्वरुप श्रमाधान रोजगार मेलाको आयोजना गरिएको थियो । मेलाको ‍‍‍‍७ हजार बढीले अवलोकन गरेको मेला सचिवालयले जनाएको छ ।

४१ वटा स्टलबाट ७ सय ३१ जनाका लागि आवेदन माग भएकोमा १ हजार २ सय २८ जनाले आवेदन दिएका छन् । १५ वटा रोजगारदाताहरुले अनलाइन माध्यमबाट १ सय २५ जनाका लागि आवेदन माग भएकोमा ५ सय वैदेशिक रोजगार, मनोसामाजिक परामर्श, वित्तिय साक्षरतासम्बन्धी परामर्श सेवा प्राप्त गरेका छन् ।

मेलाबाट ३५ जनाले रोजगारी प्राप्त गर्नुका साथै १ सय ५० जना फलोअपका लागि छनोट भएको तथा रोजगार मेलाले रोजगारदाता र श्रमिकलाई एकै स्थलमा जम्मा गर्न सफल भएको श्रम तथा रोजगार कार्यालयका प्रमुख कृष्ण प्रसाद खनालले जानकारी दिए ।

सीपमूलक तालीममा सहभागीताका लागि करिव २ हजार जनाले इच्छा जाहेर गरेका छन् । रोजगारीका अवसर सिर्जना, सीप विकास र उद्यमशीलता प्रवद्र्धन गर्नेलगायत उद्देश्यसहित आयोजना गरिएको श्रमाधान रोजगार मेलमा नेपालको श्रमबजार र रोजगारबारे जानकारी तथा परामर्श दिईएको थियो ।Rojgar mela.jpg

मेलामा ४१ वटा रोजगारदाता संस्था र कम्पनीका स्टलहरु रहेका छन् । मेला अवलोकनका लागि युवा तथा विद्यार्थी लगायतको भीड लागेको थियो । उच्च शिक्षा अध्ययन गरिरहेका तथा सिपको अभावमा जागिर नपाएको उनीहरुको गुनासो छ ।

मेलामा रोजगारीको खोजीमा रहेकाहरुको सीप प्रवद्र्धनका लागि कार्यशाला र ‘नेटवर्किङ’ सत्रहरु सञ्चालन गरिएको थियो । देशभित्रै काम पाउने वातावरण निर्माण गर्ने उद्धेश्यका साथ आयोजना गरिएको मेलाले रोजगारदाताले श्रमिक नपाउने र श्रमिकले रोजगारी नपाउने कुराको अन्त गर्नका लागि मेलाले ठुलो टेवा पु¥याएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले जानकारी दिए ।

Shram mela 22.jpg

नगर प्रमुख पाण्डेयले रोजगारीको खोजीमा रहेका युवा र रोजगारदाताको लागि कार्यक्रम सहायक सिद्ध भएको बताए । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, प्रदेश सरकार र बुटवल उपमहानगरपालिकाले संयुक्त रुपमा लुम्बिनी प्रदेशस्तरीय रोजगार मेलाको आयोजना गरेको थियो ।