२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

राज्यका नीति, नियम व्यवसाय फस्टाउने प्रकृतिका बनाउन आवश्यक : मन्त्री शर्मा

शुक्रवार , जेठ २५, २०८१

काठमाडाैं, २५ जेठ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले व्यवसायलाई संरक्षण गर्नका लागि व्यापार र व्यवसायमैत्री नीति निर्माण गर्न जरुरी रहेको बताएकी छन् ।

शुक्रवार काठमाडौंमा आयोजित नेपाल मोबाईल व्यवसायी महासंघको दोस्रो महाधिवेशन तथा तेस्रो वार्षिक साधारणसभामा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले राज्यका नीति, नियम, कानूनहरु व्यवसाय फस्टाउने प्रकृतिका बनाउन आवश्यक रहेको उल्लेख गरिन् । उनले कर नीतिमा केही समस्या रहेकाले त्यसलाई सच्याउने काम भइरहेको बताइन् । उनले मेट्रियल, रअ मेट्रियलको भन्सार धेरै महंगो हुँदा नेपालमा खोल्नसक्ने उद्योग व्यवसायीहरु निरुत्साहित रहेको बताइन् । उनले नेपालमै एउटा मोबाइल फ्याक्ट्री खोल्न आफूले कुरा अघि बढाएको पनि बताइन् ।

मन्त्री शर्माले बजेटमा नेपालमै पहिलो पटक नेपालको समृद्धिको निम्ति, बलियो अर्थतन्त्रको निर्माण गर्न आवश्यक रहेको बताइन् ।