
शनिवार , जेठ २६, २०८१
भैरहवा, २६ जेठ ।
रोटरी क्लब अफ बुटवल चौतारीको रोटा वर्ष २०२३/२४ को छैठौं तथा २०२४/२५ को पहिलो संयुक्त क्लब एसेम्बली आम्रपाली कटेज बुटवलमा सम्पन्न भएको छ । क्लबका अध्यक्ष दिनेशमणि सुवेदीको अध्यक्षतामा भएको एसेम्बलीमा रोटा बर्ष २०२३/२४ मा भएका क्रियाकलापबारे पाँचवटा कमिटीको तर्फबाट अलगअलग प्रतिवेदन पेश गरिएको थियो । त्यसै गरी रोटा वर्ष २०२४÷२५ का कार्ययोजना र बजेटका विषयमा क्लबका सोही वर्षका प्रेसिडेन्ट नुमलाल पौडेलले जानकारी गराए ।
समारोहमा क्लबका सल्लाहकार राजेन्द्र ढकालले क्लबका क्रियाकलापलाई सेवा लक्षित बनाउन र व्यवस्थित गर्न आग्रह गरे । क्बलका असिस्टेण्ट गभर्नर कृष्णबहादुर रावलले यस वर्ष भएका क्लबका क्रियाकलापप्रति आफू सन्तुष्ट रहेको उल्लेख गरे ।
वर्ष २०२४/२५ का असिस्टेण्ट गभर्नर कुलमणि ज्ञवालीले रोटरी डिष्ट्रिक गोललाई सहयोगी हुने क्रियाकलाप समेट्न आग्रह गरे । २०१९ मा खुलेको रोटरी क्लब अफ बुटवल चौतारीका चार्टर्ड प्रेसिडेण्ट डा.विष्णु प्रसाद घिमिरेले क्बललाई अब्बल गराउने गरी अघि बढाउन नयाँ बोर्डलाई आग्रह गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij