
आइतवार , जेठ २७, २०८१
भैरहवा, २७ जेठ ।
गुल्मेली सम्पर्क समाज सिद्धार्थनगर शाखाका नवनिर्वाचित पदाधिकारीहरुको शपथ ग्रहण तथा पदस्थापना कार्यक्रम शनिबार भैरहवामा सम्पन्न भएको छ । समाजका नवनिर्वाचित अध्यक्ष केशवराज ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष एवं पदाधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए । समाजको सर्वसम्मत निर्वाचित पदाधिकारीहरुमा प्रथम उपाध्यक्ष शालिकराम पाण्डे, द्वितीय उपाध्यक्ष्माा मन्जु पाण्डे, सचिवमा अर्जुन गौतम, सह–सचिवमा शेखरनाथ पन्थी र कोषाध्यक्षमा पुरुषोत्तम भण्डारी रहेका छन् ।
त्यसै गरी सदस्यहरुमा रामप्रसाद पोखरेल, दुर्गा केसी, चन्द्रलक्ष्मी सुनार, लक्ष्मी खनाल, सीता भण्डारी, दुर्गा ज्ञवाली खनाल, अर्जुन कुँवर, ईश्वरी कुँवर र मोती बहादुर थापा रहेका छन् ।
पदस्थापना समारोहमा समाजका केन्द्रीय उपाध्यक्ष कृष्ण प्रसाद भण्डारीले गुल्मेलीहरुबीच भावनात्मक एकता र सहयोगका लागि समाजले काम गर्ने बताए । निवर्तमान सल्लाहकार डिल्लीराज भट्टराईले गुल्मीको कला, संस्कृति र पहिचानको सम्बद्र्धनका लागि समाजले काम गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा समाजका केन्द्रीय सह–सचिव शान्ता कंडेल, निवर्तमान अध्यक्ष लक्ष्मण ज्ञवालीलगायतले पनि बोलेका थिए । समाजको २०६४ सालमा सिद्धार्थनगरमा शाखा स्थापना भएको थियो।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij