२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

जलवायु परिवर्तनको असर कम गर्न बंगलादेशले शुरु गर्‍यो मेगा वृक्ष रोपण अभियान

आइतवार , जेठ २७, २०८१

काठमाण्डौं । जलवायु परिवर्तनको प्रतिकुल असरबाट जोगिन भन्दै बृहत रुपमा वृक्षरोपण अभियान शुरु गरेको छ । बंगलादेश सरकारले यस वर्षको मनसुन सिजनमा ८ करोडभन्दा बढी बिरुवा रोप्ने लक्ष्यका साथ मेगा वार्षिक राष्ट्रव्यापी वृक्षरोपण अभियान शुरु गरेको हो । 

प्रधानमन्त्री शेख हसिनाले बंगबन्धु अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको प्राङ्गणबाट अभियानको शुभारम्भ गरिन । 

बिरुवा रोप्न र हुर्काउन सबैलाई आग्रह गर्दै उनले जलवायु परिवर्तनको प्रतिकुल असरबाट बंगलादेशलाई जोगाउनु पर्ने र त्यसका लागि आफ्नो सरकार कटिवद्ध रहेको बताईन । 

करिव २५० नदीनालाले बगाएको र जलवायु परिवर्तनको प्रभावबाट अत्यधिक जोखिममा रहेको देशको वातावरण जोगाउन मानिसहरूलाई उत्प्रेरित गर्न सन् १९९४ मा पहिलो पटक शुरु भएको महिना लामो वार्षिक अभियानलाई महत्वपूर्ण कार्यक्रमका रूपमा लिइन्छ ।