२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

नेपालले टेस्ट क्रिकेट खेलेको हेर्ने चाहना छ : शक्ति गौचन

आइतवार , जेठ २७, २०८१

भैरहवा, २७ जेठ ।  
पूर्व अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी शक्ति प्रसाद गौचनले नेपाली क्रिकेटको भविष्य सुरक्षित गर्नका लागि नेपाल टेष्ट क्रिकेट खेल्ने राष्ट्रका रुपमा स्थापित हुनुपर्ने बताएका छन् ।उनले आगामी एक दशकमा नेपालले टेस्ट क्रिकेट खेल्ने मान्यता पाउने बताए । यसका निम्ति खेलाडी अनुशाशित, धैर्य र खेलप्रति समर्पित हुन् जरुरी रहेको उनले बताए ।

उनले भने, ‘मेरो एउटा लक्ष्य छ अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली  क्रिकेटलाई  सुरक्षित होस् । म मर्नु भन्दा अघि मेरो देशले अन्तर्राष्ट्रिय टेस्ट खेलमा आफ्नो स्थान बनाउन सकोस् ।
गौचनले क्षमतावान खेलाडी उत्पादन गर्नका निम्ति आफू नियमित प्रयासमा रहेको बताए । उनले आफ्नै क्रिकेट एकेडमी सञ्चालन पनि गरेका छन्  । 

एकेडमीले आर्थिक अभाव भएकालाई छात्रवृत्तिको सुविधा दिएको उनको भनाइ छ । रुपन्देही क्रिकेट संघले १९ वर्षमुनीका खेलाडीका लागि प्रशिक्षक (कोच) को जिम्मेवारी दिएकोमा संघलाई उनले धन्यवाद दिए ।

शनिबार लिडरसीप स्किल्स डेभलपमेन्ट ट्रेनिङ (एलएसडीटी) को ११७ औं श्रृंखलाका प्रमुख अतिथि समेत रहेका गौचनले आफ्नो क्रिकेट यात्राको कथा सुनाएका थिए । उनको क्रिकेट यात्रामा परिवारको तर्फबाट आफ्नो दिदी र पत्नीको भूमिका रहेको सुनाए । नेपाली क्रिकेटमा जोडिन जंग बहादुर थापाले उत्प्रेरित गरेको उनले सुनाए ।
बंगलादेशमा एसियन खेलमा मार्च पासमा भाग लिदै गर्दा नेपालको राष्ट्रिय झण्डा बोकेर हिडेको स्मरण गर्दै उनले भने, ‘झण्डा बोकिरहदा देशको निम्ति क्रिकेट खेल्ने अठोट लिएको छु । मेरो जीवन जिउने कला नै क्रिकेट हो ।’

एसएलडीटीको ११७ औं श्रृंखलाका अध्यक्ष अन्तर्राष्ट्रिय खेलाडी संजीव जोशीले प्रमुख अतिथि शक्ति गौचनको लक्ष्यलाई पूरा गर्नका निम्ति क्रिकेट खेलप्रति थप जागरुक हुनुपर्ने बताउदै उपस्थितिलाई धन्यवाद ज्ञापन गरे ।  

कार्यक्रमको सञ्चालन एलएसडीटीका सदस्य तथा द नेक्स्टका सञ्चालक गोबिन्द अधिकारीले गरेका थिए । कार्यक्रमको संयोजन मनिष बनियाले गरेका थिए । कार्यक्रममा संस्कृति खडका, हरिश सेठिया, विरेन्द्र ज्ञवाली र अभिषेक रावलले क्रिकेट खेलको विकासबारे प्रमुख अतिथि शक्ति गौचनसँग जिज्ञासा राखेका थिए । गौचनले सहज ढंगले जिज्ञासा शान्त पारेका थिए ।

कार्यक्रममा ७५ जनाको उपस्थिति रहेको थियो । शक्ति गौचनको विचार सुनेर तालिमका सहभागीहरु उत्साहित भएको व्यवस्थापन समितिका संयोजक मनिष तामाङले बताए ।

WhatsApp Image 2024-06-09 at 10.34.11 AM (1).jpeg

लिडरसीप स्किल्स डेभलपमेन्ट ट्रेनिङ (तालिम) को स्थापना विजय पाण्डेले गरेका हुन् । उनी मुख्य प्रशिक्षक हुन् । भैरहवास्थित एसियन बुद्ध होटलमा प्रत्येक शनिबार बिहान तालिम निःशुल्क हुँदै आएको छ । तालिम सञ्चालनका लागि सदस्यहरुले स्वेच्छिक रुपमा योगदान गर्दै आएका छन् ।  ११७ औं श्रृंखलामा आर्थिक योगदान एलएसडीटीका सदस्यहरु  बोन जे टुर र द नेक्स्ट एजुकेसन एजुकेसनका सञ्चालकहरुले गर्नुभएको कार्यक्रमका एक सहजकर्ता अनुपम गुप्ताले बताए ।

WhatsApp Image 2024-06-09 at 10.34.08 AM.jpeg