
सोमवार , जेठ २८, २०८१
बुटवल, २८ जेठ ।
विभिन्न सामाजिक कार्यहरुमा क्रियाशिल लायन्स क्लब अफ बुटवल स्टार्सले उत्कृष्ट (बेस्ट) अवार्ड पाउन सफल भएको छ । क्लबले लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपाल २०२३÷२४ का अन्तर्गत १५० क्लबमध्ये उत्कृष्ट अवार्ड पाउन सफल भएको हो । क्लबसँगै क्लबका संस्थापक अध्यक्ष तथा इलेक्ट सेकेण्ड भाईस डिष्ट्रिक गभर्नर सन्दीप कसौधनले माक्सिमम एक्टेजन अवार्डले पाएका छन् ।
त्यस्तै क्लबका पूर्वअध्यक्ष तथा सिनियर डिष्ट्रिक एडभाइजर आशिष कृष्ण श्रेष्ठले बेस्ट सोसल मिडिया अवार्ड र ब्राडिङ अवार्ड पाएका छन् । त्यसै गरी बेस्ट अवार्ड २०२३÷२४ अध्यक्ष रिंकु लिगल उत्कृष्ट अध्यक्ष र सचिव किरण कुमार केसीले उत्कृष्ट सचिवको अवार्ड पाएका छन् ।
कोषाध्यक्ष पिताम्बर अर्यालले बेस्ट अवार्ड पाएका छन् । डिष्ट्रिक गभर्नर अर्जुनमान सैजुले पाल्पाको तानसेनमा भएको चौथौ क्याबिनेट बैठकमा अवार्ड प्रदान गरेका हुन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij